काठमाडौँ । बाढीपहिरोका कारण देशका पाँच जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले विवरण सार्वजनिक गर्दै गोरखाको एक सडक पूर्ण अवरुद्ध रहेको र म्याग्दी, नवलपरासी (पूर्व), मनाङ तथा धादिङका सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको जनाएको छ।
गोरखाको आरुघाट गाउँपालिकास्थित सोतीको फलामे पुलमा असोज २५ गते आएको बाढीले क्षति पुर्याएपछि आरुघाट–धादिङ सडक अवरुद्ध छ। म्याग्दीको बैसरीमा पहिरो खसेपछि प्रभावित बेनी–जोमसोम सडक, नवलपरासी (पूर्व)को बौदीकालीस्थित कालीगण्डकी करिडोर, मनाङको बेँसीसहर–खाङ्सार सडक र धादिङको खत्रीपौवास्थित त्रिभुवन राजपथ एकतर्फी रूपमा सञ्चालनमा छन्। प्रहरीले कालीगण्डकी करिडोरमा ठूला सवारीसाधन चल्न नसक्ने जनाएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।