काठमाडौं। देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्।
ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो जाँदा कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ। रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि बन्द छन्।
गण्डकी प्रदेशमा पनि सडक अवरुद्ध भएका छन्। मनाङको बेंसीसहर–खाङ्सार सडक बाढीले पूर्ण रूपमा बन्द हुँदा म्याग्दीको बैसरी र सुकेबगरमा पहिरो खस्दा बेनी–जोमसोम सडक ठप्प भएको छ। नवलपरासी पूर्वको कालीगण्डकी करिडोरका बुलिङटार र बौदीकालीका विभिन्न स्थानमा पहिरो खसे पनि सडक एकतर्फी सञ्चालनमा छ। ठूला सवारी भने चल्न सकेका छैनन्।
यस्तै, हुम्लामा पहिरोका कारण कर्णाली करिडोर र सिमकोट–हिल्सा सडक पूर्ण रूपमा अवरुद्ध छन्। खार्पुनाथ, सर्केगार्ड, नाम्खा र सिमकोटका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।