काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ।
यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदी आज प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।