बुधबार, जेष्ठ २१,२०८२ 12:27:07
IME remit
  • बुधबार, जेष्ठ २१,२०८२ 12:27:07
वैशाख २२ गतेदेखि नागढुङ्गा–नौबिसे सडक ४ घण्टाका लागि बन्द हुने
NEWS

वैशाख २२ गतेदेखि नागढुङ्गा–नौबिसे सडक ४ घण्टाका लागि बन्द हुने

काठमाण्डौ । काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको नागढुङ्गा सडक रातको समयमा बन्द गरिने भएको छ । यो सडक मार्ग वैशाख २२ देखि वैशाख ३१ सम्म राति ११ देखि बिहान ३ बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक योजना कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।  

सेयर बादशाह वारेन बफेटले बर्कशायर ह्याथवेका सीईओ पदबाट राजीनामा दिने
NEWS

सेयर बादशाह वारेन बफेटले बर्कशायर ह्याथवेका सीईओ पदबाट राजीनामा दिने

काठमाण्डौ । अर्बपति लगानीकर्ता वारेन बफेटले यस वर्षको अन्त्यमा बर्कशायर ह्याथवेको सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सेयर बादशाहका रुपमा परिचित ९४ वर्षीय बफेटले आफ्नो कम्पनीको वार्षिक बैठकमा कम्पनीको लगाम उपाध्यक्ष ग्रेग एबललाई सुम्पने बताए ।उनले भने, ‘मलाई लाग्छ कि वर्षको अन्त्यमा ग्रेगलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्ने समय आएको छ।’ बफेटले बर्कशायर...

वर्षाका कारण नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध
NEWS

वर्षाका कारण नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध

काठमाण्डौ । पूर्व पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने खण्ड अवरुद्ध भएको छ । वर्षाको कारण बाटो सडक हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड अवरुद्ध भएको हो ।गए राती देखिको वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो भएका कारण सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएसँगै राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।  

सम्पदा लघुवित्तमा कर्मचारी आन्दोलन, विभेद र असमान व्यवहार विरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा
NEWS

सम्पदा लघुवित्तमा कर्मचारी आन्दोलन, विभेद र असमान व्यवहार विरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरूले मर्जरपछिको असमानता, विभेदपूर्ण निर्णय र व्यवस्थापनको एकपक्षीय क्रियाकलापका विरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेका छन्।‘भेदभाव विरुद्ध संघर्ष समिति’को नेतृत्वमा अघि बढाइएको आन्दोलनको सूचना संस्था प्रमुख कार्यकारी अधिकृत समक्ष औपचारिक रूपमा बुझाइएको छ। संघर्ष समितिका अध्यक्ष दिपेन्द्र...

कक्षा १२ को परीक्षा आजदेखि, ५.११ लाख परीक्षार्थी सहभागी हुँदै
NEWS

कक्षा १२ को परीक्षा आजदेखि, ५.११ लाख परीक्षार्थी सहभागी हुँदै

काठमाण्डौ । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ।आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना रहेका छन् ।  

क्यान्सर तथा मृर्गौला उपचार प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिने
NEWS

क्यान्सर तथा मृर्गौला उपचार प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिने

काठमाण्डौ । सरकारले क्यान्सर तथा मृर्गौला उपचार प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी नीति तथा कार्यक्रम पेश गर्दै यसबारे जनाकारी दिएका हुन् ।  यस्तै पाठेघरको क्यान्सरको एचपीभी खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचारको सेपा उपलब्ध गराइने समेत उनले बताए ।  

युवा वर्गलाई कृषिमा आकर्षित गर्न भूमि कृषि सामाग्री,बीमा खरिद सम्झौता लागू गरिने
NEWS

युवा वर्गलाई कृषिमा आकर्षित गर्न भूमि कृषि सामाग्री,बीमा खरिद सम्झौता लागू गरिने

काठमाण्डौ । सरकारले युवा वर्गलाई कृषिमा आकर्षित गर्न भूमि कृषि सामाग्री,बीमा खरिद सम्झौता र बजारको बलियो इकोसिस्टम लागू गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

विसं २०८३ भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकालिने
NEWS

विसं २०८३ भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकालिने

काठमाण्डौ । सरकारले विसं २०८३ साल भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार  संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

आगामी आवमा स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने सरकारको योजना
NEWS

आगामी आवमा स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने सरकारको योजना

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्टार्ट अप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने बताएका हुन् ।  

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गरेर कमाउँदै पढ्ने व्यवस्था मिलाइने
NEWS

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गरेर कमाउँदै पढ्ने व्यवस्था मिलाइने

काठमाण्डौ । सरकारले क्याम्पस पढ्ने विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा दिएर कमाउँदै पढ्दै गर्ने वातावरण बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

कर प्रणालीमा संरचनात्मक रुपान्तरण गरिने, त्रुटिपूर्ण आयोजना खारेज हुने
NEWS

कर प्रणालीमा संरचनात्मक रुपान्तरण गरिने, त्रुटिपूर्ण आयोजना खारेज हुने

काठमाण्डौ । सरकारले कर प्रणालीको संरचनात्मक रुपान्तरण गरिने घोषणा गरेको छ ।  शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने घोषणा गरे ।  उनले भने-'कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने छ। औद्योगिकीकरण, लगानी प्रवर्द्धन र अर्थतन्त्रको...

सबै किसिमका रोजगारलाई सामाजिक सुरक्षा कार्यक्रममा जोडिने
NEWS

सबै किसिमका रोजगारलाई सामाजिक सुरक्षा कार्यक्रममा जोडिने

काठमाण्डौ । सरकारले देश भित्रका सबै किसिमका रोजगारहरुमा संलग्न व्यक्तिहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा समेटुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा यस्तो घोषणा गरेका हुन् ।

सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने
NEWS

सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने

काठमाण्डौ । सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने भएको छ । ंयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२र०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरपन हटाउन एकीकृत परियोजना बैंकको अवधारणा अघि सारिएको बताए ।  

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको घोषणा
NEWS

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको घोषणा

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।  यो क्रममा उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा कार्यान्व्यनमा ल्याई अर्थतन्त्रलाई गतिशील बनाइने घोषणा गरेका छन् । 

सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिठ्ठा कार्यक्रमको प्रस्ताव
NEWS

सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिठ्ठा कार्यक्रमको प्रस्ताव

काठमाण्डौ। आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिठ्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाण्डौको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिठ्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ ।

वर्षमानको दाबी: 'राजावादी आन्दोलनमा भारतको समर्थन र सदभाव छैन'
NEWS

वर्षमानको दाबी: 'राजावादी आन्दोलनमा भारतको समर्थन र सदभाव छैन'

काठमाण्डौ । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटेका छन् ।  दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो । भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सदभाव नरहेको बताएका...

१५० देशका आईफोन प्रयोगकर्तालाई एकैपटक खतरा !
NEWS

१५० देशका आईफोन प्रयोगकर्तालाई एकैपटक खतरा !

काठमाण्डौ । टेक दिग्गज एप्पलले एकै साथ १५० देशका आईफोन प्रयोगकर्ताहरूलाई ठूलो खतराबारे चेतावनी दिएको छ। यो ‘मर्सनेरी स्पाइवेयर अट्याक’ को खतरा हो। यी आक्रमणहरू सामान्य साइबर आक्रमणभन्दा खतरनाक हुने कम्पनीले जनाएको छ ।साइबर अपराधीहरूले केही व्यक्ति र उनीहरूको आईफोनलाई निशाना बनाउन खोजिरहेको जनाइएको छ । एप्पल आफ्ना प्रयोगकर्ताहरूको बारेमा चिन्तित भएको र  उनीहरूलाई यो...

नेपालमा १५.८५ लाख स्मार्टफोन भित्रिदा एउटा मात्र बाहिरियो
NEWS

नेपालमा १५.८५ लाख स्मार्टफोन भित्रिदा एउटा मात्र बाहिरियो

काठमाण्डौ । नेपालमा ९ महिनाको अवधिमा १५ लाख ८४ हजार ९५८ थान स्मार्टफोन भित्रिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका हुन् ।    फागुन महिनासम्म भने नेपालमा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँको १४ लाख ७० हजार ७८ थान स्मार्टफोन आयात भएको थियो ।  

सरकार र शिक्षक महासंघबीचको सहमतिमा विद्यालय कर्मचारी परिषद्को असहमति
NEWS

सरकार र शिक्षक महासंघबीचको सहमतिमा विद्यालय कर्मचारी परिषद्को असहमति

काठमाण्डौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघ र सरकारबीच बुधबार भएको सहमतिप्रति असहमति जनाएको छ । परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यालय कर्मचारी परिषदको संस्थागत धारण बाहेकको सहमतिको घोर भत्सर्ना गर्ने जनाएको छ ।  

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?
NEWS

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले वैशाख १८ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।  निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ ।  त्यस्तै, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाण्डौको लागि प्रतिकिलो लिटर २९ अमेरिकी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.