काठमाडौं । आजदेखि सरकारी कार्यालयको समय एक घण्टा घटाइएको छ। सरकारको निर्णयअनुसार अब माघ १५ गतेसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्।
हिउँदमा साँझ छिट्टै अँध्यारो हुने भएकाले कार्यालय समय घटाइएको हो। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो व्यवस्था सातामा पाँच दिन लागू हुनेछ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयलाई पनि सरकारले निरन्तरता दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।