सोमबार, भाद्र १,२०८३ 08:14:03
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 08:14:03
प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर
NEWS

प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर

काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाहसँग आगामी भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन्। प्रश्नोत्तर कार्यक्रममा सहभागी भई प्रधानमन्त्रीसँग प्रश्न गर्न इच्छुक सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिवसमक्ष प्रश्न दर्ता गराउनुपर्नेछ।

संसद् ‘बंक’ गर्न गाह्रोः रास्वपा सांसदले अब कारणसहित फारम भर्नुपर्ने
NEWS

संसद् ‘बंक’ गर्न गाह्रोः रास्वपा सांसदले अब कारणसहित फारम भर्नुपर्ने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसद् बैठकमा उपस्थिति व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको छ। अब पार्टीका सांसदहरू संसद् बैठकमा अनुपस्थित हुने वा बैठक अवधिमा बाहिरिने अवस्थामा अनिवार्य रूपमा फारम भर्नुपर्नेछ।रास्वपाले संसद् बैठकलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने उद्देश्यले सांसदहरूका लागि ‘संसद् बैठक अनुपस्थिति...

किशोर श्रेष्ठ पक्राउ वैध कि गैरकानुनी ? सर्वोच्चको फैसला प्रतीक्षामा
NEWS

किशोर श्रेष्ठ पक्राउ वैध कि गैरकानुनी ? सर्वोच्चको फैसला प्रतीक्षामा

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा सोमबार सकिएको छ। दुवै पक्षको बहस पूरा भएपछि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलास आदेशको तयारीमा जुटेको छ।श्रेष्ठको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर...

जसपाको समर्थनले जोगियो लुम्बिनी सरकार, मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
NEWS

जसपाको समर्थनले जोगियो लुम्बिनी सरकार, मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

काठमाण्डौ । लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार तत्कालका लागि जोगिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेसँगै सरकारमाथि देखिएको राजनीतिक अनिश्चितता टरेको हो।८३ सदस्यीय प्रदेश सभामा सरकारलाई बहुमत सिद्ध गर्न ४२ मत आवश्यक थियो। सोमबारको मतदानमा सहभागी ७१ सांसदमध्ये मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत परेको थियो...

बिना जानकारी जापानको विशेष आर्थिक क्षेत्रमा चीनियाँ जहाज प्रवेश
NEWS

बिना जानकारी जापानको विशेष आर्थिक क्षेत्रमा चीनियाँ जहाज प्रवेश

काठमाण्डौ । जापानको तटरक्षक बलले चीनको अनुसन्धान जहाज ‘डोङ फाङ होङ–२’ ओकिनावा प्रिफेक्चरनजिकै जापानको विशेष आर्थिक क्षेत्रमा समुद्री अनुसन्धानसम्बन्धी गतिविधि गरिरहेको अवस्थामा फेला पारेको जनाएको छ।जापान कोस्ट गार्डका अनुसार उक्त जहाजले समुद्रमा तारजस्तो देखिने वस्तु झारेर गतिविधि गरिरहेको थियो। त्यसपछि जापानी गस्ती जहाजले रेडियोमार्फत अनुसन्धान गतिविधि तत्काल...

भारतीय सेनाध्यक्ष धिरज सेठ बने नेपाली सेनाका मानार्थ महारथी
NEWS

भारतीय सेनाध्यक्ष धिरज सेठ बने नेपाली सेनाका मानार्थ महारथी

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले जनरल सेठलाई मानार्थ महारथीको दर्जाबाट सम्मान गरेका हुन्।नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने...

३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जिते १० लाखको बम्पर पुरस्कार
NEWS

३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जिते १० लाखको बम्पर पुरस्कार

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारमा गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ता यसपटकको बम्पर पुरस्कारका लागि छनोट भएका हुन्।आन्तरिक राजस्व विभागले अर्थ...

सांसद उभिए, सभामुख तातिएः सरकारलाई एकै दिन तीन रुलिङ
NEWS

सांसद उभिए, सभामुख तातिएः सरकारलाई एकै दिन तीन रुलिङ

काठमाण्डौ । सांसदहरूले सदनमा उठाएका प्रश्न र सार्वजनिक सरोकारका विषयमा सरकारले समयमै जवाफ नदिएको भन्दै प्रतिनिधिसभाका सभामुख अर्यालले सोमबार सरकारका नाममा एकै दिन तीनवटा रुलिङ गरेका छन्।सत्तापक्ष र विपक्षी सांसदहरूले आफ्ना प्रश्न तथा मागप्रति सरकार गम्भीर नभएको भन्दै बैठकमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूलाई जवाफ दिन निर्देशन...

अब उत्पादन मात्रै होइन, बिजुली खपत र निर्यात बढाउने सरकारको रणनीति
NEWS

अब उत्पादन मात्रै होइन, बिजुली खपत र निर्यात बढाउने सरकारको रणनीति

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले अब नेपालको ऊर्जा नीतिको केन्द्रमा विद्युत् उत्पादन मात्र नभई खपत वृद्धि, निर्यात विस्तार, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र विद्युत्बाट आर्थिक मूल्य सिर्जना गर्ने विषय रहनुपर्ने बताएका छन्।नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले गार्हस्थ्य उपभोक्तालाई...

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको सहभागितामा उछाल
NEWS

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको सहभागितामा उछाल

काठमाण्डौ। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ।आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा.घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछ।साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन्।विभागका...

विद्युत्‌मा लगाइएको कर खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान
NEWS

विद्युत्‌मा लगाइएको कर खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान

काठमाण्डौ । उज्यालो नेपाल पार्टीले विद्युत्‌मा सरकारले लगाएको कर खारेज गर्नुपर्ने मागसहित हस्ताक्षर अभियान शुरु गरेको छ। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउनुपर्ने र विद्युत् खपतलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने माग गर्दै पार्टीले काठमाण्डौको माइतीघरबाट अभियान सुरु गरेको हो।अभियानको सुरुवात गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान...

विश्वासको मत जुटाउन नसकेपछि वाग्मतीका मुख्यमन्त्री बानियाँको राजीनामा
NEWS

विश्वासको मत जुटाउन नसकेपछि वाग्मतीका मुख्यमन्त्री बानियाँको राजीनामा

काठमाण्डौ । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने पर्याप्त आधार नदेखिएपछि मुख्यमन्त्री बानियाँले सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।बानियाँ २०८२ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर, तत्कालीन सत्तासाझेदार नेकपा...

वीरगन्ज चिनी कारखानाको भविष्य खोज्दै सरकार, १५ दिनमा अध्ययन प्रतिवेदन
NEWS

वीरगन्ज चिनी कारखानाको भविष्य खोज्दै सरकार, १५ दिनमा अध्ययन प्रतिवेदन

काठमाण्डौ । वर्षौंदेखि बन्द रहेको वीरगन्ज चिनी कारखानाको भविष्यबारे सरकारले फेरि अध्ययन थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारखाना पुनः सञ्चालनको सम्भावना, आवश्यक लगानी र विद्यमान सम्पत्तिको अवस्थासहित समग्र पक्षको अध्ययन गर्न १५ दिने कार्यादेशसहित कार्यदल गठन गरेको हो।मन्त्रालयका अनुसार विगतमा खारेजी प्रक्रियामा समेत गएको कारखानालाई पुनः सञ्चालनमा...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ: चेम्बर अध्यक्ष अग्रवाल
NEWS

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ: चेम्बर अध्यक्ष अग्रवाल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणालीलाई पनि समयअनुकूल परिवर्तन गर्नुपर्ने बताएका छन् । काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा आज आयोजित १५औँ संस्करणको कुसोम रोजगारी तथा इन्टर्नसिप मेलाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले...

किशोर श्रेष्ठलाई चार दिन हिरासतमा राख्न म्याद थप
NEWS

किशोर श्रेष्ठलाई चार दिन हिरासतमा राख्न म्याद थप

काठमाण्डौ । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डौ जिल्ला अदालतले अनुमति दिएको छ।प्रहरीले अनुसन्धान पूरा नभएको जनाउँदै हिरासतको म्याद थप गर्न सोमबार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको थियो। यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त अवधि सकिएपछि प्रहरीले पुनः...

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको रुलिङ
NEWS

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको रुलिङ

काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रका विषयमा सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।

मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
NEWS

मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएसँगै व्यवसायीहरूले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन् ।साउन २२ गते १५ बुँदे माग राखी आन्दोलन सुरु गरेको संघले आज भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको थियो।  आज मन्त्रालयमा माननीय मन्त्री रामजी यादव ज्युको उपस्थितिमा...

टिकटकमा १३ लाख फलोअर्स, सडकमा गोली हानी हत्या
NEWS

टिकटकमा १३ लाख फलोअर्स, सडकमा गोली हानी हत्या

काठमाण्डौ । पाकिस्तानकी चर्चित टिकटक स्टार शम्सु बिबी उर्फ आयशा गिलामानाको गोली हानी हत्या गरिएको छ। इस्लामाबादनजिकैको ट्याक्सिला क्षेत्रमा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनी सवार कारमाथि अन्धाधुन्ध गोली चलाउँदा उनको मृत्यु भएको हो।घटना अगस्ट १४ मा भएको जनाइएको छ। प्रहरीमा दर्ता गरिएको उजुरीअनुसार आयशा आफ्नी १५ वर्षीया बहिनी असीमा र भाइ नैमतुल्लाहसँग कारमा...

त्रिशूलीमा बाँसको पुलको हल्ला, गृहमन्त्री तातिए– ‘भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिनू’
NEWS

त्रिशूलीमा बाँसको पुलको हल्ला, गृहमन्त्री तातिए– ‘भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिनू’

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली नदीमा बाँसको पुल निर्माण हुन लागेको भन्ने हल्ला फैलाउनेहरूप्रति व्यंग्य गर्दै ‘गालामा मालिस गरिदिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएका छन्।गोरखा–१ अन्तर्गत विभिन्न क्षेत्र पुगेर स्थानीयका गुनासा र समस्या सुनिरहेका गृहमन्त्री गुरुङले आइतबार सहिद लखन गाउँपालिका–४, ताक्लुङमा स्थानीयसँगको संवादका क्रममा यस्तो टिप्पणी गरेका...

वर्षौंपछि वीरगञ्ज चिनी कारखानामा फेरि बज्ला साइरन ? सरकारले थाल्यो पुनर्जीवनको प्रक्रिया
NEWS

वर्षौंपछि वीरगञ्ज चिनी कारखानामा फेरि बज्ला साइरन ? सरकारले थाल्यो पुनर्जीवनको प्रक्रिया

काठमाण्डौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने दिशामा सरकारले ठोस प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा कारखानाको वर्तमान अवस्था, पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न अध्ययन कार्यदल गठन गरिएको हो।नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगञ्ज...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.