जेनजी आन्दोलनमा विध्वंस मच्चाउनेलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक
काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनका समयमा विध्वंस मच्चाउने कार्यमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । आज नवलपरासीको कावासोतीमा प्रहरी कल्याण कोषद्वारा निर्मित नयाँ पेट्रोल पम्प उद्घाटनको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

