काठमाण्डौ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
घुस लेनदेन भइरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले नगरपालिकाका केही कर्मचारीलाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो।
अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले केही कर्मचारी पक्राउ परेको पुष्टि गरेका छन्। तर पक्राउ परेकाहरूको नाम र बरामद रकमबारे तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
उनका अनुसार घटनास्थलमा मुचुल्का तयार गर्ने काम भइरहेको छ र प्रक्रिया पूरा भएपछि पक्राउ परेका व्यक्तिको विवरण तथा बरामद रकम सार्वजनिक गरिनेछ।
घुस लेनदेनसम्बन्धी सूचना प्राप्त भएपछि अख्तियारको टोली प्रहरीसहित मध्यपुर थिमि नगरपालिका पुगेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।