साढे ३ करोडबराबरको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा गाउँपालिका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दायर
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासहित ५ जनाविरुद्ध करिब साढे तीन करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका अनुसार अध्यक्ष गुप्ताले पदीय मर्यादाविपरीत सार्वजनिक पदमा रहँदा अवैध रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा...

