बुधबार, असार २४,२०८३ 07:42:37
Bizshala
  • बुधबार, असार २४,२०८३ 07:42:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापा अख्तियारमा उपस्थित गराइए

Laxmi Sunrise Bank Limited
नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापा अख्तियारमा उपस्थित गराइए

काठमाण्डौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइएको छ।

पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका थापाले अदालतबाट सफाइ पाएका थिए। तर, सफाइ पाएपछि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई उपस्थित गराइदिन आग्रह गरेपछि अख्तियारमा पठाइएको सुन्धारा कारागार प्रशासनले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

सुन्धारा कारागारका प्रशासक कृष्ण चापागाईंका अनुसार अदालतबाट सफाइ पाएपछि थापा कारागारमा रहने अवस्था नरहे पनि सम्बन्धित निकायको आग्रहअनुसार उनलाई अख्तियार पठाइएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

“सफाइ पाएपछि अब हाम्रोमा उहाँ रहनुहुन्न। अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले उपस्थित गराइदिनु भनेकाले त्यहाँ पठाएका छौं। अब छुट्दा त्यतैबाट छुट्नुहुन्छ,” चापागाईंले भने।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X