सोमबार, असार २२,२०८३ 03:52:39
Bizshala
  • सोमबार, असार २२,२०८३ 03:52:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साढे ३ करोडबराबरको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा गाउँपालिका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दायर

Laxmi Sunrise Bank Limited
साढे ३ करोडबराबरको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा गाउँपालिका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासहित ५ जनाविरुद्ध करिब साढे तीन करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार अध्यक्ष गुप्ताले पदीय मर्यादाविपरीत सार्वजनिक पदमा रहँदा अवैध रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको हो। आयोगले २०७४ असार २० गतेदेखि २०७९ असार २८ गतेसम्मको पाँच वर्षको अवधिलाई जाँच अवधि कायम गरी अनुसन्धान गरेको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

अनुसन्धान प्रतिवेदनअनुसार सो अवधिमा गुप्ता र उनको एकाघर परिवारको कुल आय ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ रहेको देखिएको छ। उक्त आयमा सेवा प्रवेशपूर्वको बैंक मौज्दात, पारिश्रमिक, पारिवारिक आय, बैंक ऋण तथा कृषि आयसमेत समावेश गरिएको छ।

तर सोही अवधिमा परिवारले ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँबराबरको खर्च तथा लगानी गरेको अख्तियारले जनाएको छ। उक्त खर्च जग्गा खरिद, घर निर्माण, ऋणको साँवाब्याज भुक्तानी, सेयर तथा कम्पनीमा लगानी, बीमा प्रिमियम भुक्तानी र सवारीसाधन खरिदलगायतमा भएको उल्लेख गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वैध आय र खर्चबीच करिब ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँको अन्तर देखिएको तथा सो रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको दाबी छ। अख्तियारले उक्त सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको निष्कर्षसहित भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दामा अध्यक्ष गुप्तासँगै उनका बुवा बंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्तालाई समेत प्रतिवादी बनाइएको छ। अख्तियारले उक्त सम्पत्ति परिवारका सदस्यहरूको नाममा समेत राखिएको पाइएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.