बुधबार, कार्तिक ११,२०८३ 02:42:42
  • बुधबार, कार्तिक ११,२०८३ 02:42:42
Global IME Bank Limited

नक्कली डीपीआर बनाएर ३९ लाख हिनामिना गरेको आरोप, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Bizshala
नक्कली डीपीआर बनाएर ३९ लाख हिनामिना गरेको आरोप, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
New Office

 

काठमाण्डौ । नक्कली डीपीआर तयार गरेर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणका नाममा फर्जी कागजात खडा गरी ३९ लाख ४० हजार ३०९ रुपैयाँ हिनामिना गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

मुद्दा दायर गरिएकामा कार्यालयका तत्कालीन प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल र एलाइड इन्जिनियरिङ प्रा.लि. नयाँ बानेश्वरका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढा रहेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अख्तियारका अनुसार खानेपानी योजनाको डीपीआर निर्माणका लागि परामर्श सेवा खरिद गर्दा सार्वजनिक खरिदसम्बन्धी कानुनविपरीत योजनालाई दुई प्याकेजमा विभाजन गरिएको थियो।

पहिलो प्याकेजमा अल्का साँघु, थर्पना, बारीलिउडी, भुजगुम्बा, खत्याड बृहत्, गुराँसे, जम्पै, गम्था र जोगिलेख गरी नौ वटा खानेपानी योजना समावेश गरिएको थियो।

दोस्रो प्याकेजमा जिमा, छोरेपानीदेखि महादेवसम्म बृहत्, सोरू बृहत् र खत्याड गाउँपालिकास्थित नदै बृहत् गरी चार वटा योजना राखिएको थियो।

अख्तियारको अनुसन्धानमा डीपीआर निर्माण प्रक्रियामा फर्जी मूल्यांकन समिति बनाइएको, समितिका निर्णय तथा हस्ताक्षर नक्कली बनाइएको र वास्तविक डीपीआर नै तयार नगरी झुट्टा बिल तथा भरपाईका आधारमा रकम भुक्तानी गरिएको पाइएको छ।

आयोगका अनुसार यसरी परामर्शदातालाई ३९ लाख ४० हजार ३०९ रुपैयाँ भुक्तानी दिई संघ तथा प्रदेश सरकारलाई नोक्सानी पुर्‍याइएको थियो।

Garima Development Bank
Bizshala
IME remit

तत्कालीन कार्यालय प्रमुख रिमाल र लेखापाल सेजुवालविरुद्ध ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार बिगो असुल, सोही बराबर जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।

त्यस्तै, गैरकानुनी लाभ लिने कार्यमा मतियारको भूमिका खेलेको आरोपमा एलाइड इन्जिनियरिङका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढाविरुद्ध पनि ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो कायम गरिएको छ।

अख्तियारले बुढालाई मुख्य कसुरदारसरह कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.