भक्तपुरको कवाडी गोदाममा विद्युत् सर्ट भएर आगलागी, ग्यास पड्कियो
काठमाण्डौ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित कपाली टोलमा रहेको कवाडी गोदाममा आगलागी भएको छ।जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार गोदाममा विद्युत्को तार सर्ट भएपछि आगलागी सुरु भएको हो। आगलागीका क्रममा ग्याससमेत पड्किएको प्रहरीले जनाएको छ।

