काठमाण्डौ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित कपाली टोलमा रहेको कवाडी गोदाममा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार गोदाममा विद्युत्को तार सर्ट भएपछि आगलागी सुरु भएको हो। आगलागीका क्रममा ग्याससमेत पड्किएको प्रहरीले जनाएको छ।
गोदाममा कवाडी सामग्री भण्डारण गरिएको थियो। घटनामा हालसम्म मानवीय क्षति भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि भक्तपुर नगरपालिका लगायत विभिन्न स्थानबाट दमकल घटनास्थलतर्फ पठाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।