सोमबार, कार्तिक १६,२०८३ 06:39:45
  • सोमबार, कार्तिक १६,२०८३ 06:39:45
Global IME Bank Limited

तिहारअघि झिलिमिली बत्ती आयातमा ६४ करोड खर्च, मूल्य बढ्यो परिमाण घट्यो

Bizshala
तिहारअघि झिलिमिली बत्ती आयातमा ६४ करोड खर्च, मूल्य बढ्यो परिमाण घट्यो
New Office

काठमाण्डौ ।  तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती भित्रिएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए। यस हिसाबले यस वर्ष आयात मूल्य करिब ८ प्रतिशत बढेको छ भने परिमाण करिब २७ प्रतिशत घटेको छ।

विद्युतीय व्यवसायीहरूका अनुसार कच्चा पदार्थको मूल्यवृद्धि, अमेरिकी डलरको महँगो विनिमय दर र ढुवानी खर्च बढ्दा झिलिमिली बत्तीको लागत उल्लेख्य रूपमा बढेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म बढेको छ।

उनका अनुसार झिलिमिली बत्ती निर्माणमा प्रयोग हुने तामाको तार, प्लास्टिक र अन्य कच्चा पदार्थको मूल्य चीनलगायत स्रोत बजारमै बढेको छ। नेपालमा आयात हुने अधिकांश विद्युतीय सामग्री तथा कच्चा पदार्थ चीनबाट र केही भारतबाट आउने गरेका छन्।

डलरको विनिमय दर बढ्नु पनि आयात लागत बढ्नुको अर्को प्रमुख कारण बनेको छ। अघिल्लो वर्षको तुलनामा डलर महँगिँदा विदेशबाट ल्याइने सामग्रीको प्रतियुनिट लागत थप बढेको व्यवसायीको भनाइ छ।

ढुवानी खर्चमा भएको उछालले पनि बजार मूल्यमा थप दबाब परेको छ।

Garima Development Bank
Bizshala
IME remit

व्यवसायीका अनुसार अघिल्लो वर्ष एउटा कन्टेनर ल्याउँदा २ हजारदेखि २ हजार २०० अमेरिकी डलर खर्च हुने गरेकोमा अहिले ६ हजार डलरसम्म तिर्दासमेत कन्टेनर सहजै नपाइने अवस्था छ।

यसरी ढुवानी खर्च झन्डै तीन गुणासम्म बढ्दा त्यसको भार अन्ततः उपभोक्तामाथि परेको छ।

चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामान ल्याउन समस्या हुँदा पनि आयात खर्च बढेको व्यवसायी बताउँछन्। केरुङबाट तुलनात्मक रूपमा सस्तो पर्ने सामान अहिले वीरगन्जलगायत अन्य नाका हुँदै घुमाएर ल्याउनुपर्ने अवस्था रहेको छ।

बजारमा तिहार लक्षित झिलिमिली बत्तीको माग रहे पनि आपूर्ति पक्ष कमजोर देखिएको छ। अघिल्लो वर्षको तुलनामा धेरै व्यवसायीसँग पर्याप्त मौज्दात नरहेको बताइएको छ।

कच्चा पदार्थ, डलर र ढुवानी खर्च तीनैतिरबाट लागत बढेकाले यस वर्ष तिहारमा झिलिमिली बत्ती गत वर्षभन्दा महँगो पर्ने व्यवसायीहरूको अनुमान छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.