बिहीबार, मंसिर १०,२०८३ 01:51:39
  • बिहीबार, मंसिर १०,२०८३ 01:51:39
Global IME Bank Limited

रौतहटमा १० लाखको रहस्यमय नगदसहित भारतीय नागरिक पक्राउ

Bizshala
रौतहटमा १० लाखको रहस्यमय नगदसहित भारतीय नागरिक पक्राउ
New Office

काठमाण्डौ । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला घोडासन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट उनलाई पक्राउ गरिएको हो।

प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले बाराबाट रौतहटतर्फ आउँदै गरेको बीआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको नगद फेला पारेको थियो।

CG Motors
Garima Development Bank
IME remit

प्रहरीका अनुसार दासको साथबाट एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट बरामद भएका छन्। बरामद रकमको कुल परिमाण १० लाख रुपैयाँ रहेको छ।

उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले दासलाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.