• मंगलवार, भाद्र ३१,२०८२ 11:45:37
जेनजीको कैयन कल बालेनले उठाएनन्, त्यसपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति
NEWS

जेनजीको कैयन कल बालेनले उठाएनन्, त्यसपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति

काठमाण्डौ । जेनजीको भर्चुअल बैठकमा सहभागीहरुले अन्तरिम सरकारको सम्भावित प्रधानमन्त्रीको रुपमा चर्चा गरिएका बालेन शाहले कैयौ पटक फोन गर्दा पनि रेसपोन्स नगरेको गुनासो गरेका छन् ।  जेनजीको भर्चुअल बैठकको संक्षिप्त माइन्यूट सार्वजनिक भएको हो । जसमा भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहको धारणा बुझ्न पटक पटक कल गर्दा पनि उनले फोन रेसपोन्स नगरेका दाबी गरिएको छ । 

कक्षा १२ को मौका परीक्षा स्थगित
NEWS

कक्षा १२ को मौका परीक्षा स्थगित

काठमाण्डौ । कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै भदौ २८ र २९ गते सञ्चालन हुने मौका परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।  

टोपबहादुर रायमाझी कारागारबाट फरार
NEWS

टोपबहादुर रायमाझी कारागारबाट फरार

काठमाण्डौ । सुन्धारास्थिति केन्द्रीय कारागारबाट पूर्व उप–प्रधान तथा पूर्वउर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी सुन्धारा कारागारबाट भागेका हुन् ।  कारागारमा रहेका ३८ सय कैदीमा ३३ सय भन्दा बढी कैदी बुधबार फरार भएका छन्, जसमा रायमाझी पनि फरार भएका हुन् ।  

कालिमाटीमा गोली लागेका सुवेदीको निधन
NEWS

कालिमाटीमा गोली लागेका सुवेदीको निधन

काठमाण्डौ । मंगलबार कालिमाटीमा प्रहरीले चलाएको गोली लागेका एक व्यक्तिको निधन भएको हो । मृत्यु हुनेमा उदयपुरका ३० वर्षीय देवकुमार सुवेदी रहेका छन् । उपचारको क्रममा उनको आज अस्पतलामा निधन भएको हो ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय
NEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । जेनजी आन्दोलनपश्चात बन्द रहेको त्रिभुवन विमानस्थल आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले सुचारु गर्ने निर्णय गरेको हो ।विमानस्थलबाट हिजोबाट उडानहरु बन्द गरिएको थियो ।

सेनाको मुख्यालय पुगे जेनजी प्रतिनिधि, प्रधानसेनापतिले भने, ‘एकमत बनाएर मिलेर आउनुस्’
NEWS

सेनाको मुख्यालय पुगे जेनजी प्रतिनिधि, प्रधानसेनापतिले भने, ‘एकमत बनाएर मिलेर आउनुस्’

काठमाण्डौ । जेनजी प्रतिनिधिहरु नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन् । जेनजी समूहका १५÷१६ जनाको समूह आज सेनाको मुख्यालयमा पुगेको हो ।  भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार र मंगलबार सडक तताएका जेनजी समूहलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । सोही क्रममा आज जेनजी समूहका युवाहरु सैनिक मुख्यालयमा गएका हुन्े ।...

जेनजीको आगजनीका कारण काठमाण्डौ बन्यो विश्वकै दोस्रो प्रदुषित शहर
NEWS

जेनजीको आगजनीका कारण काठमाण्डौ बन्यो विश्वकै दोस्रो प्रदुषित शहर

काठमाण्डौ । काठमाण्डौ विश्वकै दोस्रो प्रदुषित शहरको सूचीमा परेको छ । जेनजीको आन्दोलनको क्रममा भएको आगजनीबाट उत्सर्जित धुवाँ धुलोका कारण काठमाण्डौ आज विश्वकै दोस्रो प्रदुषित शहर बनेको हो ।  

भाटभटेनीमा लुटपाट गर्ने ४ जना पक्राउ, २ लाख ३२ हजार डिल्लीबजारबाट बरामद
NEWS

भाटभटेनीमा लुटपाट गर्ने ४ जना पक्राउ, २ लाख ३२ हजार डिल्लीबजारबाट बरामद

काठमाण्डौ । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन्।

लुटिएका हातहतियार तत्काल बुझाउन सेनाको आग्रह, फेला परे कारबाही गर्ने
NEWS

लुटिएका हातहतियार तत्काल बुझाउन सेनाको आग्रह, फेला परे कारबाही गर्ने

काठमाण्डौ । नेपाली सेनाले जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

प्रचण्डपुत्रीको घरभित्र जलेको अवस्थामा पुरुषको शव फेला
NEWS

प्रचण्डपुत्रीको घरभित्र जलेको अवस्थामा पुरुषको शव फेला

काठमाण्डौ । ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा मंगलबार आगजनी भएको छ। सोही घटनामा एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
NEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाण्डौ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि पूर्णरूपमा बन्द भएको छ। विमानस्थल कार्यालयले अर्को सूचना नआएसम्म उडान सेवा सुचारु नहुने स्पष्ट पारेको छ।

डिल्लीबजारका कैदीबन्दीलाई सेनाले भाग्न दिएन, फर्किदै गर्दा प्रश्न–‘एउटै मुद्दाका रवि छुट्ने, हामीलाई किन जेल ?’
NEWS

डिल्लीबजारका कैदीबन्दीलाई सेनाले भाग्न दिएन, फर्किदै गर्दा प्रश्न–‘एउटै मुद्दाका रवि छुट्ने, हामीलाई किन जेल ?’

कठमाण्डौ । नेपाली सेनाले डिल्लीबजार कारागार आगो लगाएर भाग्न खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिएर फर्काएको छ ।  कारागार तोडफोड गर्दै आगजनी गरेपछि आ आफ्नो झोलासहित भागेका कैदीबन्दीलाई सेनाले समयमै नियन्त्रणमा लिएर पुनः कारागार नै फर्काएको हो । 

हालसम्म कहाँबाट कति भागे कैदीबन्दी ? बढ्यो सुरक्षा चुनौति
NEWS

हालसम्म कहाँबाट कति भागे कैदीबन्दी ? बढ्यो सुरक्षा चुनौति

काठमाण्डौ । देशभरका कारागारहरूबाट कैदीबन्दीहरू ठूलो संख्यामा फरार भएका छन्, जसले सुरक्षा चुनौतीलाई थप जटिल बनाएको छ। कारागार व्यवस्थापन विभागका अनुसार, देशभर करिब ३०,००० कैदीबन्दी थिए, तर हाल कति फरार भए भन्ने यकिन तथ्यांक उपलब्ध छैन। यो अभूतपूर्व घटनाले समाजमा असुरक्षा र दण्डहीनताको जोखिम बढाएको छ।

देउवा दम्पत्तिको स्वास्थ्य अपडेट आयो, अवस्था खतरामुक्त
NEWS

देउवा दम्पत्तिको स्वास्थ्य अपडेट आयो, अवस्था खतरामुक्त

काठमाण्डौ । जेनजी आन्दोलनकारीबाट घरमै निर्घात पिटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पछिल्लो स्वास्थ्य अवस्थाको अपडेट आएको छ । 

पोखरामा आन्दोलनकारीले जलाएको मन्त्री र नाडा अध्यक्षको गाडी सोरुममा महिलाको शव
NEWS

पोखरामा आन्दोलनकारीले जलाएको मन्त्री र नाडा अध्यक्षको गाडी सोरुममा महिलाको शव

काठमाण्डौ । पोखरा नयाँबजारस्थित गण्डकी प्रदेश सरकारका मन्त्री विन्दूकुमार थापाको घरमा जलेको अवस्थामा महिलाको शव भेटिएको छ । 

डिल्लीबजारमा सेनाद्वारा हवाई फायर, कैदीबन्दीको लफडाले अवस्था तनावग्रस्त
NEWS

डिल्लीबजारमा सेनाद्वारा हवाई फायर, कैदीबन्दीको लफडाले अवस्था तनावग्रस्त

काठमाण्डौ । डिल्लीबजारको चारखालमा रहेको कारागार क्षेत्र तनावग्रस्त बनेको छ ।  त्यहाँका कैदीबन्दीले आफूहरुलाई पनि छाड्नुपर्ने माग गर्दै कारागारभित्रै नाराबाजीसहित आगजनी गरेका थिए । उनीहरु तोडफोडमा समेत उत्रिएर अवस्था तनावपूर्ण बनाएपछि नेपाली सेनाको सहयोगमा उनीहरुलाई त्यहाँबाट स्थानान्तरण गर्न खोजिएको थियो । 

भाइरल भिडियोमा पिटिने व्यक्ति अर्थमन्त्री थिएनन्, सचिवालयको खण्डन
NEWS

भाइरल भिडियोमा पिटिने व्यक्ति अर्थमन्त्री थिएनन्, सचिवालयको खण्डन

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल जेनजी आन्दोलनका क्रममा आक्रमणमा नपरेको उनको सचिवालयले प्रष्ट पारेको छ ।  प्रेस सल्लाहकार भूवन केसीले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरु भ्रम रहेको प्रष्ट पारेका हुन् । 

कैदीबन्दीले लगाए डिल्लीबजार कारागारमा आगो
NEWS

कैदीबन्दीले लगाए डिल्लीबजार कारागारमा आगो

काठमाण्डौ । काठमाण्डौको डिल्लीबजारमा अवस्थित कारागारमा कैदीबन्दीले आगजनी गरेका छन् । उक्त कारागारमा रहेका कैदीबन्दीहरुले कैदमुक्त हुन पाउनु पर्ने भन्दै आगजनी गरेका हुन् ।

सेनाले देशभर लगायो निषेधाज्ञा र कर्फ्यू
NEWS

सेनाले देशभर लगायो निषेधाज्ञा र कर्फ्यू

काठमाण्डौ । नेपाली सेनाले देशभर निषेधाज्ञा लागू गरेको छ। राष्ट्रको शान्ति र सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको सेनाले स्पष्ट पारेको छ।आज साँझ ५ बजेसम्म कर्फ्यू लागू रहनेछ। सेनाको सूचनाअनुसार, साँझ ५ बजेपछि पनि कर्फ्यू कायम रहनेछ र भोलि बिहान ६ बजेसम्म यो आदेश जारी रहनेछ।

शिवश्री हाइड्रोपावरको हकप्रदमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?
NEWS

शिवश्री हाइड्रोपावरको हकप्रदमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ ।  शिवश्री हाइड्रोपावरको हकप्रद सेयरको बिक्री आवेदन गत भदौ १९ गतेदेखि खुला रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु।१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.