आईतवार, कार्तिक १५,२०८३ 05:34:51
  • आईतवार, कार्तिक १५,२०८३ 05:34:51
Global IME Bank Limited

तिहारमा बिजुली संकट नआउने प्राधिकरणको दाबी, ४३० मेगावाट बाहिरिँदा पनि ८०० मेगावाटसम्म बचत हुने

Bizshala
तिहारमा बिजुली संकट नआउने प्राधिकरणको दाबी, ४३० मेगावाट बाहिरिँदा पनि ८०० मेगावाटसम्म बचत हुने
New Office

 

काठमाण्डौ । लक्ष्मीपूजाका दिन विद्युत् माग उच्च हुने भए पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्ष तिहारमा आपूर्तिमा समस्या नआउने दाबी गरेको छ।

भदौ १० गतेको बाढी र त्यसपछिका वर्षा तथा पहिरोका कारण ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिए पनि चाडपर्वका बेला ठूला उद्योग बन्द रहने भएकाले घरायसी माग सजिलै व्यवस्थापन गर्न सकिने प्राधिकरणको भनाइ छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको समयमा घरायसी बत्ती र विद्युतीय उपकरणको प्रयोग बढे पनि उद्योग तथा ठूला कलकारखाना बन्द रहने भएकाले प्रणालीमा अत्यधिक दबाब पर्ने अवस्था छैन।

उनका अनुसार तिहारभर सम्भावित प्राविधिक समस्या रोक्न देशभर मर्मत टोली, नो–लाइट सेवा र प्राविधिक जनशक्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ। क्षमता अपुग भएका ट्रान्सफर्मर फेर्ने, तार सुदृढ गर्ने र सबस्टेसन मर्मत गर्ने काम पनि भइरहेको प्राधिकरणले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अहिले कुल जडित विद्युत् क्षमता करिब ४ हजार मेगावाट पुगेको छ। तर नदीमा पानीको बहाव घटेको र बाढीका कारण ४३० मेगावाट प्रणालीबाट बाहिरिएपछि उत्पादन ३ हजार १०० देखि ३ हजार २०० मेगावाट हाराहारीमा झरेको छ।

यद्यपि लक्ष्मीपूजाका दिन राष्ट्रिय माग १ हजार ६०० मेगावाटको हाराहारीमा सीमित रहने प्राधिकरणको अनुमान छ। गत वर्ष लक्ष्मीपूजाका दिन माग १ हजार ६५० मेगावाट पुगेको थियो। २०८० सालमा १ हजार ४३८ मेगावाट र २०७९ सालमा १ हजार ३०५ मेगावाट माग रहेको थियो।

काठमाण्डौ उपत्यकामा लक्ष्मीपूजाका दिन माग सामान्यतः ३५० देखि ३६० मेगावाट हाराहारीमा रहने गरेको छ।

प्राधिकरणका अनुसार आन्तरिक उत्पादन घटे पनि मागभन्दा आपूर्ति अझै धेरै छ। लक्ष्मीपूजाका दिनसमेत ८०० देखि ९०० मेगावाटसम्म बिजुली बचत हुने अनुमान गरिएको छ। यस्तो अतिरिक्त विद्युत् भारततर्फ निर्यात गर्न सकिने अवस्था रहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले कम्तीमा अर्को एक महिनासम्म बाहिरबाट बिजुली आयात गर्नुपर्ने अवस्था नरहेको दाबी गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

तिहारको समयमा मौसम पनि अत्यधिक जाडो वा गर्मी नहुने भएकाले एसी, हिटर र पङ्खाजस्ता धेरै बिजुली खपत गर्ने उपकरणको प्रयोग कम हुने र यसले माग व्यवस्थापनलाई थप सहज बनाउने बताइएको छ।

नेपालले २०७३ सालको लक्ष्मीपूजाबाट काठमाण्डौ उपत्यकामा लोडसेडिङ अन्त्य गर्ने परीक्षण सुरु गरेको थियो। त्यसपछि २०७५ वैशाखदेखि देशभर लोडसेडिङ अन्त्य गरिएको थियो।

यस वर्ष प्राकृतिक विपत्तिले विद्युत् प्रणालीमा ठूलो असर पारे पनि उद्योगहरूको कम खपत र उपलब्ध उत्पादन क्षमताका कारण तिहारमा झ्याप्प–झ्याप्प बत्ती जाने अवस्था नआउने प्राधिकरणको दाबी छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.