IME remit
  • मंगलवार, कार्तिक १८,२०८२ 01:46:39
चितवनबाट सवारी भित्रिने र बाहिरिने समय बढाईयो
NEWS

चितवनबाट सवारी भित्रिने र बाहिरिने समय बढाईयो

काठमाण्डौ ।  चितवन हुँदै काठमाण्डौ र पोखरा जाने र चितवनतर्फ भित्रिने सवारी चलाउन पाउने समय सीमा बढाइएको छ । अविरल वर्षाका कारण यसअघि सवारी भित्रिने र बाहिरिने समय ६ बजेसम्म रहेकोमा चितवन प्रशासनले त्यसलाई बढाएर ९ बजेसम्म पुर्याएको हो ।  

विगत ६ घण्टामा उदयपुरका एक-दुई स्थानमा भारी वर्षा, अझै पर्नसक्ने प्रक्षेपण
NEWS

विगत ६ घण्टामा उदयपुरका एक-दुई स्थानमा भारी वर्षा, अझै पर्नसक्ने प्रक्षेपण

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले गएको ६ घण्टामा उदयपुर जिल्ला आसपासका एकदुई स्थानमा भारी वर्षा भएको उल्लेख गर्दै ती स्थानमा थप वर्षा हुनसक्ने सम्भावना रहेकोले अलर्ट जारी गरेको छ । 

बाढीपहिरोले पुर्याएको क्षतिबारे मोदीद्वारा दुःख व्यक्त, भन्छन्, ‘जुनसुकै सहयोग गर्न तयार छौं’
NEWS

बाढीपहिरोले पुर्याएको क्षतिबारे मोदीद्वारा दुःख व्यक्त, भन्छन्, ‘जुनसुकै सहयोग गर्न तयार छौं’

काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै आएको अविरल वर्षाले पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै जस्तो सुकै सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् ।

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति २ लाखका दरले राहात, जोखिमयुक्त सडकमा रातको समय गाडी चलाउन अनिश्चितकालीन रोक
NEWS

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति २ लाखका दरले राहात, जोखिमयुक्त सडकमा रातको समय गाडी चलाउन अनिश्चितकालीन रोक

काठमाण्डौ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा फैलिएको बाढीपहिरोबाट प्रभावित जनतालाई तत्काल राहत र उद्धारका लागि सरकारले समन्वित रूपमा अभियान अघि बढाएको छ। आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) दुवै निकायले प्रभावित परिवारका लागि तत्कालीन राहत, उद्धार र पुनर्स्थापनाका कार्यहरू तीव्र पार्ने...

अविरल वर्षाले १८ जलविद्युत् आयोजना क्षतिग्रस्त, सेयर बजारमा सूचीकृत ९ कम्पनीका ११ आयोजना पूर्णरूपमा ठप्प
NEWS

अविरल वर्षाले १८ जलविद्युत् आयोजना क्षतिग्रस्त, सेयर बजारमा सूचीकृत ९ कम्पनीका ११ आयोजना पूर्णरूपमा ठप्प

काठमाण्डौ । शुक्रबारदेखि लगातार परेको अविरल वर्षाले देशभरका जलविद्युत् आयोजना ठुलो क्षतिमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार हालसम्म बाढी र पहिरोका कारण १८ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीमध्ये १३ वटा सञ्चालनमा रहेका आयोजनाबाट उत्पादन पूर्णरूपमा रोकिएको छ भने निर्माणाधीन अवस्थाका पाँच आयोजनामा समेत ठुलो क्षति पुगेको छ।

भैरहवामा अलपत्र परेका यात्रुलाई विमान चार्टर गरेर काठमाण्डौ ल्याइने
NEWS

भैरहवामा अलपत्र परेका यात्रुलाई विमान चार्टर गरेर काठमाण्डौ ल्याइने

काठमाण्डौ । अविरल वर्षामा परी अलपत्र परेका भैरहवा आसपासमा क्षेत्रका यात्रुलाई विमान चार्टर्ड गरी काठमाण्डौ ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले काठमाण्डौ पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर आज साँझ ९ बजे काठमाण्डौ ल्याउन लागेको हो ।

कान्ति लोकपथ आजदेखि सञ्चालनमा आउने, वीपी राजमार्ग खुल्न कम्तीमा अझै ४ दिन लाग्ने
NEWS

कान्ति लोकपथ आजदेखि सञ्चालनमा आउने, वीपी राजमार्ग खुल्न कम्तीमा अझै ४ दिन लाग्ने

काठमाण्डौ । बाढी र पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार आज दिउँसो ४ बजेबाट सडकमा यातायात सुचारु गरिनेछ। उनका भनाइमा, अधिकांश राजमार्ग सञ्चालनयोग्य अवस्थामा पुगेका छन्, तर इलाम र झापाको माइखोलामा भने अझै पनि समस्या कायम छ।

विपी राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालनमा
NEWS

विपी राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालनमा

काठमाण्डौ । लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध भएको विपी राजमार्गको विकल्पका रूपमा खुर्कोट–मन्थली–चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायण दत्त भण्डारी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, र जिल्ला सुरक्षा निकायका प्रमुखहरूको टोलीले आज उक्त वैकल्पिक मार्गको स्थलगत निरीक्षणपछि बाटो सुचारु...

कुलमान भन्छन्: ज्योतिषीको कुरा पत्याउँदा मानिस समस्यामा परे, केहीले ज्यान गुमाए
NEWS

कुलमान भन्छन्: ज्योतिषीको कुरा पत्याउँदा मानिस समस्यामा परे, केहीले ज्यान गुमाए

काठमाण्डौ । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मौसम विभागका चेतावनीहरूलाई बेवास्ता गर्दा पदयात्रीहरू अनावश्यक जोखिममा परेको बताएका छन्।

न्यून चापीय मौसम प्रणाली बाहिरिएसँगै कमजोर बन्यो मनसुन, सर्तकता अपनाउन भने आग्रह
NEWS

न्यून चापीय मौसम प्रणाली बाहिरिएसँगै कमजोर बन्यो मनसुन, सर्तकता अपनाउन भने आग्रह

इलाममा पहिरोमा परेर हालसम्म ३७ जनाको मृत्यु
NEWS

इलाममा पहिरोमा परेर हालसम्म ३७ जनाको मृत्यु

काठमाण्डौ । इलाममा पहिरोका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी हालसम्म ३७ जनाको ज्यान गएको हो ।  जसअन्तर्गत सूर्योदय नगरपालिका–१ मा ५ जना, इलाम नगरपालिका–६ मा ६ जना, देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुम गाउँपालिकामा १ जनाको र माङ्सेबुङमा ३ जनाको मृत्यु भएको हो।  

काठमाण्डौबाट विभिन्न मार्ग भएर बाहिरिने सवारी साधनहरु एकतर्फी रुपमा सञ्चालन
NEWS

काठमाण्डौबाट विभिन्न मार्ग भएर बाहिरिने सवारी साधनहरु एकतर्फी रुपमा सञ्चालन

काठमाण्डौ । काठमाण्डौबाट विभिन्न मार्ग भएर बाहिरिने सवारी साधनहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।  विगत २ दिन देखि परेको अविरल वर्षाका कारण काठमाण्डौबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरु, काठमाण्डौबाट नुवाकोट तर्फ जाने सवारी साधनहरु र काठमाण्डौ दक्षिणकाली हुँदै हेटौडा तर्फ...

कोशीमा २०६५ सालको बाँध फुट्दाको भन्दा दोब्बर बढी पानी, सबै निकाय उच्च सतर्कतामा
NEWS

कोशीमा २०६५ सालको बाँध फुट्दाको भन्दा दोब्बर बढी पानी, सबै निकाय उच्च सतर्कतामा

काठमाण्डौ । सुनसरीस्थित कोसी ब्यारेजमा आइतबार बिहान मापन गरिएको पानीको बहाब पछिल्ला वर्षकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। बिहान साढे १०:३० बजे गरिएको मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाब ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बाढीपहिरोका कारण देशभरका यी राजमार्ग अवरुद्ध
NEWS

बाढीपहिरोका कारण देशभरका यी राजमार्ग अवरुद्ध

काठमाण्डौ । अविरल वर्षासँगैको बाढीपहिरो र डुबानका कारण देशभरका मुख्य तथा सहायक राजमार्गहरुमा सवारी आवगमन प्रभावित बनेको छ । केही राजमार्गहरु पूर्ण रुपमा बन्द भएका छन् केहीमा आशिंक रुपमा सञ्चालनमा रहेका छन् ।  निरन्तरको वर्षाका कारण उत्पन्न हुन सक्ने विपतका प्रतिकार्यका लागि सरकारले सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखेको छ । असोज १८ गते ७ बजेदेखी अबिरल बर्षाको कारण...

सप्तकोशीको जलस्तरले यस वर्ष पहिलोपटक पार गर्यो खतराको तह
NEWS

सप्तकोशीको जलस्तरले यस वर्ष पहिलोपटक पार गर्यो खतराको तह

काठमाण्डौ । सप्तकोशी नदीमा जलको सतहले खतराको तह पार गरेको छ । यस वर्ष सप्तकोशी नदीमा जलको सतहले पहिलोपटक खतराको तह पार गरेको हो । जुन बेलुकासम्म नै जारी रहने छ ।  

कोशी, तमोर, अरुण र सुनकोशीमा पानीको तहले पार गर्‍यो खतराको तह
NEWS

कोशी, तमोर, अरुण र सुनकोशीमा पानीको तहले पार गर्‍यो खतराको तह

काठमाण्डौ । काठमाण्डौबाट पानी पार्ने बादल कोशीतर्फ सरेपछि कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि पुगेको छ । 

बंगालको खाडीको प्रभावले अझै मनसुन सक्रिय, कहाँ-कहाँ छ भारी र अति भारी वर्षाको सम्भावना ?
NEWS

बंगालको खाडीको प्रभावले अझै मनसुन सक्रिय, कहाँ-कहाँ छ भारी र अति भारी वर्षाको सम्भावना ?

काठमाण्डौ । देशभर अहिले पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव कायम छ। यसै कारण काठमाडौंबाट झापासम्मका अधिकांश भू–भागमा भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राजधानी उपत्यकामा भने वर्षा क्रमशः कमजोर बन्दै गएको छ, तर देशका पूर्वी भागमा वर्षा अझै जारी छ।

काठमाण्डौको संकट टर्‍यो, कोशी प्रदेशमा अझै अति भारी वर्षाको सम्भावना
NEWS

काठमाण्डौको संकट टर्‍यो, कोशी प्रदेशमा अझै अति भारी वर्षाको सम्भावना

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती र मधेस प्रदेशमा वर्षाको तीव्रता क्रमशः घट्दै गएको छ, तर कोशी प्रदेशमा भने अझै मध्यमदेखि भारी वर्षा भइरहेको छ। विभागले आइतबार बिहान साढे ५ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार देशभरका आठवटा बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ। तीमध्ये बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, सुनसरीको बुढीखोला र झापाको...

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान पुनः सुरु
NEWS

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान पुनः सुरु

काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक हवाई उडान पुनः सुचारु भएको छ । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानदेखि पुनः सुरु भएको हो ।  

अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध
NEWS

अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध

काठममाण्डौ । अरनिको राजमार्ग दुईतर्फी रुपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमा क्षेत्र साँगामा ढुंगा र लेदोसहितको पहिरो गएका कारण   राजमार्ग अवरुद्ध भएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.