शुक्रबार, कार्तिक १३,२०८३ 08:22:02
  • शुक्रबार, कार्तिक १३,२०८३ 08:22:02
Global IME Bank Limited

चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै, शुक्रबार र शनिबार बढी सतर्कता

Bizshala
चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै, शुक्रबार र शनिबार बढी सतर्कता
New Office

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि त्यसको प्रभावले नेपालमा वर्षा र हिमपातको जोखिम कायमै छ। पर्यटकीय सिजनमा हिमाली यात्रादेखि धान भित्र्याउने कामसम्म प्रभावित हुने देखिएपछि सरकारले शनिबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जल तथा मौसम विज्ञान विभागका अनुसार कात्तिक १३ र १४ गते देशका धेरै स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा यसको प्रभाव बढी पर्ने पूर्वानुमान छ। यी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

सबैभन्दा बढी सावधानी उच्च हिमाली क्षेत्रमा आवश्यक देखिएको छ। बाक्लो हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिम हुन सक्ने भएकाले पर्वतारोहण तथा पदयात्रा नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। यात्रामा निस्किसकेकालाई सुरक्षित स्थानमा बस्न भनिएको छ।

Garima Development Bank
Bizshala
IME remit

मौसमी प्रतिकूलताले धान भित्र्याउने चटारोमा रहेका किसानलाई पनि असर पार्ने देखिएको छ। वर्षाले काटेर खेतमै राखिएको धान भिज्ने तथा हावाहुरीले पाकेको बाली ढाल्न सक्ने भएकाले कात्तिक १४ गतेसम्म धान नकाट्न सुझाव दिइएको छ।

विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार चक्रवात कमजोर भए पनि त्यससँग सम्बन्धित मौसमी प्रणालीले नेपालमा वर्षा र हिमपात गराउन सक्छ। विशेषगरी उच्च हिमाली क्षेत्रमा सतर्कता आवश्यक रहेको उनको भनाइ छ।

सम्भावित विपद्लाई ध्यानमा राख्दै सरकारले सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ। जोखिमयुक्त क्षेत्रमा सूचना प्रवाह, पूर्वतयारी र आवश्यक पर्दा तत्काल उद्धार तथा प्रतिकार्यमा परिचालन हुन निर्देशन दिइएको छ। कतिपय स्थानमा माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराइएको छ।

वर्षा र हिमपातले सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्राअघि मौसम र बाटोको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ। यातायात व्यवसायीलाई सम्बन्धित जिल्लाको प्रहरी र प्रशासनसँग समन्वय गरेर सवारी सञ्चालनको निर्णय गर्न भनिएको छ। विमानस्थल तथा हवाई सेवा सञ्चालनका लागि आवश्यक प्रणाली पनि तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

पूर्वानुमानअनुसार शनिबार रातिदेखि वर्षा र हिमपातको गतिविधि घट्दै जाने तथा आइतबार र सोमबार मौसममा क्रमिक सुधार आउने सम्भावना छ। यद्यपि हिमाली र पहाडी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमपात जारी रहन सक्ने भएकाले यात्रु, किसान र पर्यटन व्यवसायीलाई पछिल्लो मौसमी सूचनाअनुसार योजना बनाउन आग्रह गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.