काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।
कार्यालयका अनुसार निलगिरी निर्माण सेवा प्रालि (काठमाडौं) र लुम्बिनी इन्जिनियरिङ वक्र्स प्रालि (रुपन्देही)लाई तीन–तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, हरिहरीरशर्मिला जे.भी. (दाङ) दुई वर्ष तथा विन्ध्यवासिनी निर्माण सेवा (गोरखा), अनुपमा निर्माण सेवा (गोरखा) र सौरभ कन्स्ट्रक्सन (सुनसरी)लाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
विभिन्न सडक तथा पूर्वाधार कार्यालय र सामाजिक विकास कार्यालयको सिफारिसमा उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरिएको हो ।
कालोसूचीमा परेका कम्पनी तथा व्यवसायीले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) अनुसार उनीहरूमाथि उक्त प्रतिबन्ध लागू भएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।