बिहीबार, कार्तिक १२,२०८३ 06:49:10
  • बिहीबार, कार्तिक १२,२०८३ 06:49:10
Global IME Bank Limited

तीन महिनामै नेपालका २० लाखभन्दा बढी टिकटक भिडियो हटाइए, ९९.५ प्रतिशत रिपोर्ट हुनुअघि नै डिलिट

Bizshala
तीन महिनामै नेपालका २० लाखभन्दा बढी टिकटक भिडियो हटाइए, ९९.५ प्रतिशत रिपोर्ट हुनुअघि नै डिलिट
New Office

काठमाण्डौ । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ।

टिकटकले सार्वजनिक गरेको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टअनुसार हटाइएका भिडियो नेपालमा प्रकाशित कुल भिडियोको करिब ०.४ प्रतिशत हुन्।

रिपोर्टअनुसार नेपालमा हटाइएका सामग्रीमध्ये ९९.५ प्रतिशत भिडियो प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै टिकटकको प्रणालीले पहिचान गरेको थियो। त्यस्तै, ९२.३ प्रतिशत भिडियो उल्लङ्घन भएको २४ घण्टाभित्र हटाइएको छ।

पुनःसमीक्षापछि भने ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरिएको टिकटकले जनाएको छ।

विश्वव्यापी रूपमा टिकटकले सो अवधिमा १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ। यो प्लेटफर्ममा अपलोड भएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो।

तीमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधिको प्रयोगबाट हटाइएको रिपोर्टमा उल्लेख छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विश्वव्यापी रूपमा पनि ९९.५ प्रतिशत सामग्री प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरिएको थियो भने ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको छ।

पुनःसमीक्षापछि ६२ लाख ६२ हजार ३८३ वटा भिडियो पुनःस्थापना गरिएको टिकटकले जनाएको छ।

टिकटकले भिडियो मात्रै होइन, ठूलो संख्यामा नक्कली तथा सम्भावित कम उमेरका प्रयोगकर्ताका खाता पनि हटाएको छ।

तीन महिनाको अवधिमा १४ करोड ६८ लाख ७ हजार ४०० वटा फेक अकाउन्ट हटाइएको छ। त्यस्तै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशङ्का गरिएका २ करोड ६८ लाख ४० हजार ७६७ वटा अकाउन्टसमेत हटाइएको छ।

कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २७ करोड ८३ लाख ८४ हजार ४६३ वटा कमेन्ट पनि हटाइएको रिपोर्टमा उल्लेख छ।

टिकटकले लाइभ सामग्रीमाथिको निगरानी पनि कडा बनाएको छ। प्रकाशित लाइभ सामग्रीमध्ये २.४ प्रतिशत निलम्बन गरिएको छ।

Garima Development Bank
Bizshala
IME remit

नियम उल्लङ्घनका कारण ७ करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसन र २ करोड ६७ लाख ८१ हजार १३५ जना लाइभ क्रिएटरमाथि चेतावनी वा आम्दानीसम्बन्धी कारबाही गरिएको टिकटकले जनाएको छ।

पुनःसमीक्षापछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएको छ।

टिकटकका अनुसार ठूलो परिमाणमा नियम उल्लङ्घन गर्ने सामग्री पहिचान गर्न अटोमेटेड मोडरेसन प्रणालीको भूमिका निरन्तर बढिरहेको छ। कम्पनीले क्रिएटर तथा प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण कायम गर्न यस्ता प्रणाली थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

टिकटकले नियमित रूपमा कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै आएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.