शुक्रबार, कार्तिक १३,२०८३ 12:31:31
  • शुक्रबार, कार्तिक १३,२०८३ 12:31:31
Global IME Bank Limited

नेपालको एलडीसी स्तरोन्नति तयारी अवधि सन् २०२९ सम्म थप

Bizshala
नेपालको एलडीसी स्तरोन्नति तयारी अवधि सन् २०२९ सम्म थप
New Office

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बसेको ८१औँ महासभाको बैठकले प्रस्ताव नम्बर ८१रएल.८ पारित गर्दै यस्तो निर्णय गरेको हो। संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले उक्त निर्णयबारे जानकारी दिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

तयारी अवधि थपिएसँगै नेपालले स्तरोन्नतिअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधार गर्न थप समय पाएको छ। यस अवधिमा उत्पादन क्षमता वृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक–सामाजिक रूपान्तरणलाई प्राथमिकता दिइने नेपालले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit

त्यस्तै, स्तरोन्नतिपछिको सहज संक्रमण सुनिश्चित गर्न सहज संक्रमण रणनीति, दिगो विकासका लागि सन् २०३० को कार्यसूची र दोहा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ।

नेपालले यस अतिरिक्त समयबाट एलडीसी सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, निर्णयका लागि संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई सहयोग र समर्थनप्रति धन्यवाद दिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.