शुक्रबार, कार्तिक १३,२०८३ 09:06:09
  • शुक्रबार, कार्तिक १३,२०८३ 09:06:09
Global IME Bank Limited

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्न १५ कार्यदल गठन

Bizshala
पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्न १५ कार्यदल गठन
New Office

काठमाडौं । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि सरकारले बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ ।

पशु सेवा विभागले काठमाडौं उपत्यकामा सहसचिवको नेतृत्वमा तीन र उपत्यकाबाहिरका १२ जिल्लामा उपसचिवको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यदलले स्थानीय तहसँग समन्वय गरी मासु व्यवसायीलाई पशु वध गर्नुअघि र पछि अनिवार्य स्वास्थ्य परीक्षण, मासुको चिस्यान व्यवस्थापन, तौलअनुसार प्याकेजिङ, मूल्य निर्धारण तथा सरकारी लोगो प्रयोगबारे प्रशिक्षण दिनेछ । साथै उपभोक्तामा जनचेतना फैलाउने काम पनि गर्नेछ ।

Garima Development Bank
Bizshala
IME remit

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार मासुको गुणस्तर सुनिश्चित गर्न जनस्वास्थ्य संरक्षण कार्यालय स्थापना र मासु निरीक्षक तोक्ने विषयमा स्थानीय सरकारसँग सहकार्य गरिनेछ ।

विभागले व्यवसायीलाई पसल दर्ता तथा नवीकरण, सरसफाइ, सङ्क्रमण रोकथाम र कारोबारको अभिलेख व्यवस्थित राख्न पनि आग्रह गरेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.