पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्न १५ कार्यदल गठन
काठमाडौं । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि सरकारले बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ ।पशु सेवा विभागले काठमाडौं उपत्यकामा सहसचिवको नेतृत्वमा तीन र उपत्यकाबाहिरका १२ जिल्लामा उपसचिवको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

