आईतवार, कार्तिक १५,२०८३ 12:13:08
  • आईतवार, कार्तिक १५,२०८३ 12:13:08
Global IME Bank Limited

टाइगर फरेस्टको कारोबार तीन महिनामै ३ करोड ६२ लाख नाघ्यो, डेढ अर्ब लगानी थप्ने योजना

Bizshala
टाइगर फरेस्टको कारोबार तीन महिनामै ३ करोड ६२ लाख नाघ्यो, डेढ अर्ब लगानी थप्ने योजना
New Office

 

काठमाण्डौ । काठका भिल्ला, बियर गार्डेन र रात्रिकालीन मनोरञ्जनलाई एउटै परिसरमा समेटेको टाइगर फरेस्ट होटलले तीन महिनामा ३ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। रुपन्देहीको तिलोत्तमा–१३ स्थित कोटिहवामा सञ्चालित होटलले सेवा विस्तारसँगै करिब डेढ अर्ब रुपैयाँ थप लगानी गरी पाँचतारे स्तरको रिसोर्ट बनाउने योजना अघि सारेको छ।

होटलले उपलब्ध गराएको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्म ३ करोड ६२ लाख ८५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको हो। आवास, खानपान र मनोरञ्जनका विभिन्न सुविधामार्फत होटलले आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीय ग्राहकलाई आकर्षित गर्ने व्यावसायिक अवधारणा अपनाएको छ।

व्यवसायी मिनराज भुसालको अवधारणा र लगानीमा निर्माण तथा विस्तार भइरहेको होटलमा थप पूर्वाधार निर्माणको कामसमेत अघि बढाइएको छ। व्यवस्थापक युवराज गुरुङका अनुसार एक हजार जना क्षमताको सुविधासम्पन्न ‘रोयल बैंक्वेट’ निर्माणको अन्तिम चरणमा पुगेको छ। उक्त बैंक्वेट आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए।

होटलको दीर्घकालीन विस्तार योजनामा करिब डेढ अर्ब रुपैयाँ थप लगानी गरेर परियोजनालाई पाँचतारे स्तरको रिसोर्टका रूपमा विकास गर्ने लक्ष्य समेटिएको छ। प्रस्तावित योजनामा थप आवास सुविधा, स्विमिङ पुल, बगैँचा, क्यासिनो तथा अन्य मनोरञ्जनात्मक संरचना निर्माण गर्ने विषय छन्। यी संरचना विकासका लागि आवश्यक अनुमति तथा सम्बन्धित नियामकीय मापदण्ड पूरा गर्नुपर्नेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अध्यक्ष भुसालले भविष्यमा कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गरी सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन अर्थात् आईपीओ ल्याउने लक्ष्यसमेत रहेको बताए। होटलको पूर्वाधार र व्यावसायिक क्षमता विस्तारसँगै सार्वजनिक लगानीमा जाने दीर्घकालीन सोच अघि सारिएको हो।

भुसालका अनुसार टाइगर फरेस्टलाई बसोबासको सुविधासँगै पाहुनाले फरक अनुभव लिन सक्ने गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य छ। परिवारसँग समय बिताउन, साथीभाइसँग भेटघाट गर्न र दैनिक व्यस्तताबाट विश्राम लिन आउने ग्राहकलाई लक्षित गरी एउटै परिसरमा विभिन्न सेवा उपलब्ध गराइएको उनले बताए।

होटलको प्रमुख आकर्षण काठका भिल्ला हुन्। प्राकृतिक वातावरणसँग मेल खाने शैलीमा निर्माण गरिएका भिल्लामा आधुनिक सुविधासहितको बसाइ उपलब्ध रहेको व्यवस्थापनले जनाएको छ। शान्त वातावरण खोज्ने परिवार, जोडी तथा घुमफिरमा आउने पाहुनालाई लक्षित गरी यस्तो आवास अवधारणा अघि सारिएको व्यवस्थापक गुरुङले बताए।

Garima Development Bank
Bizshala
IME remit

परिसरभित्रको बार्हसिंगे बियर गार्डेनमा खुला वातावरण र हरियालीबीच खानपानको सुविधा उपलब्ध छ। यहाँ बार्हसिंगे ब्रान्डका बियर ड्राफ्ट प्रणालीबाट उपलब्ध गराइन्छ। होटलको रेस्टुरेन्टमा नेपालीसहित विभिन्न परिकार पाइन्छन् भने किङ लियो डान्स क्लबले रात्रिकालीन मनोरञ्जनको विकल्प दिएको छ।

टाइगर प्यालेस बाई सोल्टीसँगै जोडिएको स्थान र सिद्धार्थ राजमार्गबाट सहज पहुँचलाई होटलले आफ्नो व्यावसायिक सम्भावनाको आधार बनाएको छ। लुम्बिनी भ्रमणमा आउने पर्यटक, भारतीय पाहुना, आन्तरिक पर्यटक तथा रुपन्देही आसपासका स्थानीय ग्राहक होटलका लक्षित समूह हुन्।

पारिवारिक जमघट, जन्मदिन र अन्य विशेष अवसरका कार्यक्रमसँगै आवास तथा मनोरञ्जनको मागलाई समेट्ने गरी सेवा विस्तार भइरहेको व्यवस्थापनले जनाएको छ। निर्माणाधीन बैंक्वेट सञ्चालनमा आएपछि ठूलो संख्यामा पाहुना सहभागी हुने कार्यक्रम आयोजना गर्ने क्षमता पनि थपिनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.