आईतवार, कार्तिक १५,२०८३ 05:53:43
  • आईतवार, कार्तिक १५,२०८३ 05:53:43
Global IME Bank Limited

बङ्गलादेशमा गार्मेन्ट मजदुर सडकमा, तलब दोब्बरभन्दा बढी माग्दै आन्दोलन चर्कियो

Bizshala
बङ्गलादेशमा गार्मेन्ट मजदुर सडकमा, तलब दोब्बरभन्दा बढी माग्दै आन्दोलन चर्कियो
New Office

 

काठमाण्डौ । न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बङ्गलादेशमा गार्मेन्ट मजदुरहरूको आन्दोलन चर्किएको छ। राजधानी ढाका र आसपासका औद्योगिक क्षेत्रमा प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले अश्रुग्यास र साउन्ड ग्रेनेड प्रहार गरेको छ भने केही स्थानमा बोर्डर गार्ड बङ्गलादेशसमेत परिचालन गरिएको छ।

शनिबारदेखि सुरु भएको आन्दोलन आइतबार मीरपुर, गाजीपुरको कोनाबाडी लगायत औद्योगिक क्षेत्रमा फैलिएको हो।

प्रदर्शनकारी मजदुरहरूले विभिन्न फ्याक्ट्री तथा प्रहरी चौकीमा ढुङ्गामुढा र तोडफोड गरेका छन्। केही स्थानमा प्रहरीका सवारीसाधनमा आगजनीसमेत भएको बताइएको छ।

मजदुरहरूले मुख्य सडकमा अवरोध खडा गरेपछि सवारी आवागमन प्रभावित भएको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यासका सेल र साउन्ड ग्रेनेड प्रहार गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आन्दोलनरत मजदुरहरूको मुख्य माग न्यूनतम मासिक पारिश्रमिक बढाउनु हो। हाल गार्मेन्ट मजदुरको न्यूनतम तलब १२ हजार ५०० टाका रहेको छ। उनीहरूले यसलाई बढाएर कम्तीमा ३० हजार टाका पुर्‍याउनुपर्ने माग गरेका छन्।

सरकारी कर्मचारीको तलब तथा भत्तामा ठूलो वृद्धि भएपछि निजी क्षेत्रका गार्मेन्ट मजदुरहरूले पनि आफ्नो पारिश्रमिक तत्काल पुनरावलोकन गर्न दबाब बढाएका हुन्।

सरकारले मजदुरहरूको तलब पुनरावलोकनका लागि नयाँ वेतन बोर्ड गठन गरेको भए पनि प्रदर्शनकारीहरूले तत्काल ठोस निर्णय चाहेका छन्।

उद्योगीहरूले भने मजदुरहरूको माग तत्काल सम्बोधन गर्न कठिन हुने बताएका छन्। अन्तर्राष्ट्रिय बजारबाट अर्डर पर्याप्त नआएको, तयारी पोसाकको मूल्यमा अपेक्षित वृद्धि नभएको र कच्चा पदार्थ आयात लागत बढेको उनीहरूको तर्क छ।

Garima Development Bank
Bizshala
IME remit

बङ्गलादेशको अर्थतन्त्रमा गार्मेन्ट उद्योगको भूमिका अत्यन्त ठूलो छ। मुलुकको कुल निर्यातमा तयारी पोसाक उद्योगको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको छ।

यस क्षेत्रमा करिब ४० लाख मानिस प्रत्यक्ष रूपमा कार्यरत छन्। तीमध्ये ठूलो हिस्सा महिलाको रहेको छ।

गार्मेन्ट उद्योग बङ्गलादेशको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत भएकाले मजदुर आन्दोलन लम्बिँदा उत्पादन र निर्यात दुवै प्रभावित हुन सक्ने जोखिम बढेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.