मंगलवार, कार्तिक १७,२०८३ 09:50:06
  • मंगलवार, कार्तिक १७,२०८३ 09:50:06
Global IME Bank Limited

सबै अलपत्र ठेक्का तत्काल अन्त्य गरिने, नयाँ प्रक्रिया यथाशीघ्र अघि बढाइने

Bizshala
सबै अलपत्र ठेक्का तत्काल अन्त्य गरिने, नयाँ प्रक्रिया यथाशीघ्र अघि बढाइने
New Office

काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभर वर्षौँदेखि अलपत्र अवस्थामा रहेका रुग्ण ठेक्का तत्काल अन्त्य गरी नयाँ प्रक्रियामार्फत निर्माण कार्य अघि बढाइने बताएका छन्। सोमबार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका कार्यालयहरूको ठेक्का प्रगतिको अवस्थाबारे छलफल गर्दै उनले रुग्ण ठेक्का अन्त्य गर्ने र नयाँ प्रक्रियाबाट निर्माण कार्य अघि बढाउने कामलाई तीव्रता दिइएको बताएका हुन्।

देशभरबाट विभिन्न क्षेत्रमा वर्षौँदेखि अलपत्र रहेका ठेक्काको विवरण प्राप्त भएको र ती विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक निर्णय गरिएको मन्त्री लम्सालले उल्लेख गरेका छन्।

बैठकले गरेका निर्णयअनुसार सालबसाली रूपमा व्यवस्थापन हुने तथा स्रोत सुनिश्चित भएका ठेक्काहरूको बोलपत्र प्रक्रिया यथाशीघ्र अघि बढाइनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, डिजाइन तथा निर्माण (डिजाइन एन्ड बिल्ड) प्रक्रियामार्फत निर्माण गरिने पुलका ठेक्कामा निर्माण व्यवसायीले बोलपत्र नै पेस गर्न नचाहने प्रवृत्तिलाई ध्यानमा राख्दै उक्त खरिद प्रक्रियाका लागि विद्यमान मापदण्ड संशोधन गर्न आवश्यक प्रक्रिया अघि बढाइनेछ।

सडक विभागअन्तर्गतका रुग्ण ठेक्कामा खरिद सम्झौता तथा प्रचलित कानुनअनुसार निर्माण व्यवसायीले काम नगरेको अवस्थामा तत्काल ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइने निर्णय पनि बैठकले गरेको छ। साथै, सडक विभागले यस्ता ठेक्काको नियमित अनुगमन गरी अद्यावधिक विवरण तयार गर्नुपर्नेछ।

Garima Development Bank
Bizshala
IME remit

यसैगरी, अन्त्य गरिएका ठेक्काको पुनः खरिद गर्नुपर्ने भए नियमानुसार लागत अनुमान तयार गरी आवश्यक बजेट सुनिश्चित भएपछि तत्काल बोलपत्र आह्वान गर्न सकिने गरी पूर्वतयारी पूरा गरेर राख्ने निर्णय गरिएको छ।

सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग तथा प्रवर्द्धनसम्बन्धी निर्देशिका, २०८३ को व्यवस्थाअनुसार कालोपत्रे सडकको विकल्पमा कङ्क्रिट (रिजिड पेभमेन्ट) सडक निर्माणलाई प्राथमिकता दिन सडक विभागले डिजाइन परिमार्जनलगायत आवश्यक व्यवस्था मिलाउने निर्णयसमेत भएको छ।

त्यसैगरी, विपदबाट क्षति भएका सडक तथा पुलहरूको पुनर्निर्माण प्रक्रिया यथाशीघ्र सुरु गर्न आवश्यक तयारी गर्ने निर्णय बैठकले गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.