सोमबार, कार्तिक १६,२०८३ 06:53:03
  • सोमबार, कार्तिक १६,२०८३ 06:53:03
Global IME Bank Limited

शुल्क उठाउन हतार गर्दा नागढुंगा सुरुङमै जाम, एन–ट्याग नचल्दा नगद र क्यूआरमै भर

Bizshala
शुल्क उठाउन हतार गर्दा नागढुंगा सुरुङमै जाम, एन–ट्याग नचल्दा नगद र क्यूआरमै भर
New Office

काठमाण्डौ ।  राजधानी भित्रिने र बाहिरिने सवारीसाधनको समय र इन्धन बचत गर्ने उद्देश्यसहित सञ्चालनमा आएको नागढुंगा सुरुङमार्गमा शुल्क संकलन प्रणाली पूर्ण तयारीबिना सुरु हुँदा चालक तथा यात्रुले जामको सास्ती बेहोर्नुपरेको छ।

सुरुङमार्गमा सडक उपभोग शुल्क उठाउन सुरु गरिए पनि स्वचालित ‘एन–ट्याग’ प्रणाली कार्यान्वयनमा आउन नसक्दा हाल नगद र क्यूआर कोडमार्फत मात्रै शुल्क उठाइँदै आएको छ। यही कारण विशेषगरी पिक आवरमा टोल प्लाजामा लामो लाइन लाग्न थालेको हो।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर सन्जय पन्थीका अनुसार आठ वटा बैंकमार्फत एन–ट्याग वितरण गर्ने तयारी गरिएको थियो। तर सडक बोर्ड नेपालको सर्भरमा आएको प्राविधिक समस्याका कारण बैंकहरूले कार्ड वितरण सुरु गर्न सकेका थिएनन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनका अनुसार टोल शुल्क लागू भएको पहिलो दिन करिब ७ हजार ५०० सवारीसाधन सुरुङमार्ग हुँदै ओहोरदोहोर गरेका थिए। पहिलो दिनमै ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ।

तर एन–ट्याग उपलब्ध नहुँदा स्वचालित रूपमा शुल्क काटिने व्यवस्था लागू हुन सकेको छैन। जसका कारण चालकले टोल प्लाजामा रोकिनुपर्ने र नगद वा क्यूआरमार्फत भुक्तानी गर्नुपर्ने अवस्था छ।

आयोजनाले पनि पिक आवरमा लामो लाइन लाग्ने समस्या रहेको स्वीकार गरेको छ। सुरुङमार्गबाट समय बचत हुने अपेक्षा गरेका यात्रुले टोल तिर्नकै लागि लामो समय कुर्नुपरेको गुनासो गर्न थालेका छन्।

Garima Development Bank
Bizshala
IME remit

यद्यपि आयोजनाले समस्या चाँडै समाधान हुने दाबी गरेको छ। सडक बोर्डले सर्भर समस्या समाधान भइसकेको जानकारी दिएको र अब एक–दुई दिनभित्र बैंकहरूबाट एन–ट्याग वितरण सुरु हुने अपेक्षा गरिएको छ।

एन–ट्याग सञ्चालनमा आएपछि सवारीसाधन टोल प्लाजामा नरोकी स्वचालित रूपमा शुल्क काटिने भएकाले अहिले देखिएको लाइन र जामको समस्या धेरै हदसम्म कम हुने आयोजनाको विश्वास छ।

तर स्वचालित प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने यात्रुले टोल प्लाजामा लाइन बस्नुपर्ने बाध्यता अझै कायम रहने देखिन्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.