काठमाण्डौ । अर्थ मन्त्रालयले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता छनोट गरेको छ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशी, लोकेस बम र दिलिप नाथले संयुक्त रूपमा पुरस्कार विजेता छनोट गरेका हुन्।
करदातालाई कर प्रणालीमा सहभागिता बढाउन र समयमै कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत विजेता छनोट गरिएको मन्त्रालयले जनाएको छ।
उपहार घोषणा कार्यक्रमपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तीनै क्रिकेट खेलाडीलाई भेटेर कार्यक्रममा सहभागी भएकोमा धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमका क्रममा विजेता छनोट तथा उपहार घोषणासम्बन्धी तस्वीर र भिडियोसमेत सार्वजनिक गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।