काठमाण्डौ । सुनसरीको धरानबाट दुई सय नौ किलोभन्दा बढी गाँजासहित पाँच जना पक्राउ परेका छन्।
धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुईवटा स्कार्पियो गाडीमा लोड गरिएको २०९ किलो ४२० ग्राम गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।
गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए। त्यसक्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारत बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन्।
प्रहरीले बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीसमेत बरामद गरेको छ।
पक्राउ परेका पाँचै जनालाई गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा लगिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।