सोमबार, कार्तिक १६,२०८३ 11:50:32
  • सोमबार, कार्तिक १६,२०८३ 11:50:32
Global IME Bank Limited

प्रधानमन्त्रीले भने– एक महिनाभित्र सबै स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालन हुन्छ

Bizshala
प्रधानमन्त्रीले भने– एक महिनाभित्र सबै स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालन हुन्छ
New Office

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आगामी एक महिनाभित्र सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने बताएका छन् ।

सोमबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले संविधान र कानुनले दिएको अधिकारअनुसार स्थानीय तहबाटै भूमि प्रशासन सेवा प्रवाह गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको बताएका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रधानमन्त्रीका अनुसार हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन भइसकेको छ। बाँकी स्थानीय तहमा पनि एक महिनाभित्र सेवा सुरु गर्ने निर्णय भएको छ।

संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को व्यवस्थाअनुसार सेवा हस्तान्तरणको प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरेका छन्।

Garima Development Bank
Bizshala
IME remit

यसका लागि आवश्यक सहयोग उपलब्ध गराउने सरकारको प्रतिबद्धता रहेको जनाउँदै शाहले यसबाट स्थानीय तहले आफ्नो संवैधानिक तथा कानुनी अधिकार प्रयोग गर्न पाउने र नागरिकले जग्गासम्बन्धी सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.