आईतवार, कार्तिक १५,२०८३ 07:18:15
  • आईतवार, कार्तिक १५,२०८३ 07:18:15
Global IME Bank Limited

मङ्सिर १७ देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०० बढी स्टलमा स्वदेशी–विदेशी उत्पादन

Bizshala
मङ्सिर १७ देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०० बढी स्टलमा स्वदेशी–विदेशी उत्पादन
New Office

 

काठमाण्डौ । नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म काठमाण्डौमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ।

नेपाल सरकारको सहयोग तथा निजी क्षेत्रको आयोजनामा हुन लागेको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानलगायत मुलुकका व्यवसायीको सहभागिता रहनेछ।

नेपाल व्यापार एकीकरण रणनीतिमा प्राथमिकतामा रहेका अलैँची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला र पश्मिनालगायत नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।

नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार मेलामा २०० भन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु र सेवाको प्रदर्शनी गरिनेछ। सार्क राष्ट्रसँगै चीन, कोरिया र जापानलगायत देशका क्रेतालाई समेत मेलामा आमन्त्रण गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मेलाको प्रमुख आकर्षणका रूपमा नेपालमा उत्पादित हस्तकलाका सामग्री, विभिन्न वस्तुगत सङ्घका उत्पादन तथा विद्युतीय सवारी साधनका लागि छुट्टाछुट्टै पेभिलियन रहनेछन्।

मेलाका क्रममा द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवर्द्धन तथा व्यावसायिक साझेदारीका विषयमा छलफलसमेत हुने आयोजकले जनाएको छ। पाँच दिनसम्म सञ्चालन हुने मेला करिब एक लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको छ।

महासङ्घले मेलामार्फत नेपालमा अन्तर्राष्ट्रिय लगानी र प्रविधि भित्र्याउन, नेपाली उत्पादनको विदेशी बजार विस्तार गर्न तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.