काठमाडौं। नेपाल रेल्वे बोर्डले रेल चालक (लोको पाइलट)को सूची तयार गर्न इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ।
रेल सेवा सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले बोर्डले दक्ष तथा योग्य चालकको सूची तयार गर्न आवेदन आह्वान गरेको हो। इच्छुकले आवश्यक कागजातसहित ३५ दिनभित्र अर्थात् मंसिर २१ गतेसम्म बोर्डको केन्द्रीय कार्यालयमा दरखास्त दिनुपर्नेछ।
आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट जारी रेल चालकको लाइसेन्स तथा अनुभव र तालिमसम्बन्धी प्रमाणपत्र पेस गर्नुपर्नेछ।
बोर्डले यो प्रक्रिया नयाँ नियुक्तिका लागि नभई रेल चालकको सूची तयार गर्ने प्रयोजनका लागि मात्र रहेको स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।