आईतवार, कार्तिक १५,२०८३ 06:49:28
  • आईतवार, कार्तिक १५,२०८३ 06:49:28
Global IME Bank Limited

न्युरोडमा पनि खुल्यो हिमालयन बुलियनको आउटलेट, एपबाट किनेको चाँदी त्यहीँबाट लिन सकिने

Bizshala
न्युरोडमा पनि खुल्यो हिमालयन बुलियनको आउटलेट, एपबाट किनेको चाँदी त्यहीँबाट लिन सकिने
New Office

काठमाण्डौ । हिमालयन बुलियन कम्पनी (एचबीसी) ले काठमाण्डौको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।

यसअघि ज्ञानेश्वरबाट मात्रै शुद्ध चाँदीका बार र सिक्काको कारोबार गर्दै आएको कम्पनीले आइतबारदेखि न्युरोड मलको पहिलो तलामा आउटलेट सञ्चालनमा ल्याएको हो।

कम्पनीका सञ्चालक भिष्म गौतमका अनुसार न्युरोड आउटलेट व्यवसाय विस्तार योजनाअन्तर्गत सञ्चालनमा ल्याइएको हो। कम्पनीले आगामी दिनमा देशका अन्य प्रमुख सहरमा समेत आउटलेट विस्तार गर्ने योजना बनाएको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

न्युरोड आउटलेटबाट ग्राहकले चाँदीका बार तथा सिक्का प्रत्यक्ष अवलोकन गरी खरिद गर्न सक्नेछन्। कम्पनीको ‘एचबीसी एप’मार्फत खरिद गरिएको चाँदीसमेत उक्त आउटलेटबाट संकलन गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि घटस्थापनाको दिन ‘एचबीसी एप’ सार्वजनिक गरेको थियो। एपमार्फत ग्राहकले १० २० ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

Garima Development Bank
Bizshala
IME remit

एप प्रयोगकर्तालाई खरिदको संख्याका आधारमा स्ट्यान्डर्ड गोल्डेन र प्लाटिनम गरी तीन श्रेणीमा विभाजन गरी क्रमशः १ लाख ५ लाख र १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ। उक्त बीमा सुविधा सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको सहकार्यमा उपलब्ध गराइनेछ।

कम्पनीका अनुसार एप भौतिक चाँदी खरिद गर्ने माध्यम हो। एपबाट बुक गरिएको चाँदीको सम्पूर्ण रकम भुक्तानी गरेपछि ग्राहकले कम्पनीको आउटलेटबाट चाँदी संकलन गर्न सक्नेछन्।

हिमालयन बुलियनले बिक्री गर्ने चाँदीका सिक्का तथा बार ९९.९९ प्रतिशत शुद्धताको प्रमाणपत्र र बिलसहित उपलब्ध गराइने जनाएको छ। कम्पनीले दुबई र हङकङबाट चाँदीका ग्रान्युल्स आयात गर्दै आएको छ।

सन् २००० मा स्थापना भएको कम्पनीले हालसम्म १० हजारभन्दा बढी ग्राहकलाई सेवा दिएको र स्थापनायता १५ करोड अमेरिकी डलरभन्दा बढीको चाँदी कारोबार गरेको दाबी गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.