न्युरोडमा पनि खुल्यो हिमालयन बुलियनको आउटलेट, एपबाट किनेको चाँदी त्यहीँबाट लिन सकिने
काठमाण्डौ । हिमालयन बुलियन कम्पनी (एचबीसी) ले काठमाण्डौको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।यसअघि ज्ञानेश्वरबाट मात्रै शुद्ध चाँदीका बार र सिक्काको कारोबार गर्दै आएको कम्पनीले आइतबारदेखि न्युरोड मलको पहिलो तलामा आउटलेट सञ्चालनमा ल्याएको हो।कम्पनीका सञ्चालक भिष्म गौतमका अनुसार न्युरोड आउटलेट व्यवसाय विस्तार योजनाअन्तर्गत सञ्चालनमा ल्याइएको हो। कम्पनीले...

