काठमाडौं। दीपावलीलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले स्वदेशी फूल तथा माला बिक्री वितरणका लागि महानगर क्षेत्रभित्र ३३ स्थान निर्धारण गरेको छ। नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री प्रवर्द्धन गर्न महानगरले विभिन्न स्थानमा बिक्रीस्थल तोकेको हो।
नयाँ बानेश्वर, शंखमुल, मध्य बानेश्वर, बत्तीसपुतली, चाबहिल, स्वयम्भू, कालीमाटी, कलंकी, माछापोखरी, महाराजगञ्ज, बालुवाटार, कमलादी, सुन्धारा र भृकुटीमण्डपलगायत क्षेत्रमा बिक्री गर्न सकिने व्यवस्था मिलाइएको छ।
महानगरले दीपावलीमा प्लास्टिकका फूल, माला तथा सजावटका सामग्री बिक्री नगर्न आग्रह गरेको छ। प्रतिबन्धित सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनीसमेत दिएको छ।
महानगर प्रहरी बलले सरोकारवाला निकायसँग समन्वय गरी बिक्रीस्थल निर्धारण गरेको जनाएको छ। महानगरले केही स्थानका लागि सम्पर्क व्यक्ति र फोन नम्बरसहितको विवरणसमेत सार्वजनिक गरेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।