काठमाडौं। नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक २१ देखि २३ गतेसम्म काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालय परिसरमा तिहार विशेष रैथाने मेला आयोजना गर्ने भएको छ।
तीन दिनसम्म सञ्चालन हुने मेलामा आफ्ना उत्पादन प्रदर्शनी तथा बिक्री गर्न इच्छुक कृषक, सहकारी, महिला तथा युवा उद्यमी र स्थानीय उत्पादकलाई स्टलका लागि आवेदन दिन कम्पनीले आह्वान गरेको छ। इच्छुकले तीन दिनभित्र आवेदन दिनुपर्नेछ।
मेलामा परम्परागत परिकार, फूलमाला, सजावटका सामग्री, पोसाक, हस्तकला, माटाका भाँडाकुँडा, रैथाने बाली तथा कृषि उपजलगायत स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ। एउटा स्टलका लागि भ्याटबाहेक पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।