काठमाण्डौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का नेपालस्थित कन्ट्री डाइरेक्टर नुमान ओजकानबीच भेटवार्ता भएको छ।
मंगलबार मन्त्रालयमा भएको भेटमा देशका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा मर्यादित रोजगारी प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सरकार र ILO बीच सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, नेपालमा हाल सञ्चालनमा रहेका श्रम तथा रोजगारसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, रोजगारी सिर्जना तथा श्रमिकको सीप विकासमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो।
सरकारले स्थानीय तहसम्म रोजगारी सेवा, सीप विकास र उद्यमशीलतासम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा पुर्याउने लक्ष्य लिएको छ। यसका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने सरकारको तयारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।