मंगलवार, श्रावण ५,२०८३ 05:11:00
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:11:00
Bizshala
Global IME Bank Limited

लहान नगरको १ अर्ब ३८ करोडको बजेट, विकासमुखी तर कार्यान्वयन चुनौतीपूर्ण

लहान नगरको १ अर्ब ३८ करोडको बजेट, विकासमुखी तर कार्यान्वयन चुनौतीपूर्ण
New Office

काठमाण्डौ । सिरहाको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको १ अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसाको बजेटलाई लिएर विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएका छन्।  

नगरसभामा प्रस्तुत बजेटले स्थानीय विकास, सेवा प्रवाह र पूर्वाधार विस्तारलाई केन्द्रमा राखे पनि कार्यान्वयन पक्षबारे प्रश्न उठेका छन्।

नगर प्रमुख महेशप्रसाद चौधरीले बजेट स्थानीय आवश्यकता र दीर्घकालीन विकासलाई ध्यानमा राखेर तयार गरिएको दाबी गरेपनि सरोकारवालाहरूले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।  

आन्तरिक स्रोत वृद्धि र संघीय तथा प्रदेश अनुदानमा आधारित बजेट संरचना सकारात्मक भएपनि राजस्व संकलन र खर्च व्यवस्थापन चुनौतीपूर्ण हुने टिप्पणी गरिएको छ।

आर्थिक विश्लेषकहरूका अनुसार चालू खर्चमा ठूलो हिस्सा (५६.६९ प्रतिशत) विनियोजन हुनु सकारात्मक संकेत होइन।  

उनीहरूले पूँजीगत खर्चतर्फ पर्याप्त लगानी भए मात्र विकास परिणाम देखिने भन्दै प्राथमिकता पुनःसमायोजन आवश्यक रहेको बताएका छन्।

स्थानीयस्तरमा भने पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सरसफाइलाई प्राथमिकतामा राखिएको बजेट स्वागतयोग्य भएको प्रतिक्रिया आएको छ।  

तर, ग्रामीण क्षेत्रमा अझै आधारभूत सेवाको पहुँच कमजोर रहेको भन्दै कार्यक्रम कार्यान्वयनमा ध्यान दिनुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन्।

प्रदेशसभा सदस्य ललिता दासले बजेटमा सामाजिक मुद्दा—दाइजो प्रथा न्यूनीकरण, चौपाया व्यवस्थापन र विपन्न वर्गका स्वास्थ्य सेवासम्बन्धी ठोस कार्यक्रम अझ बलियो हुनुपर्ने धारणा राखेकी छन्।  

उनले बजेट केवल घोषणा नभई व्यवहारमा देखिनुपर्नेमा जोड दिइन्।

त्यस्तै, पूर्वप्रदेशसभा सदस्य लगनलाल चौधरीले बजेटलाई सकारात्मक भएपनि प्रभावकारी कार्यान्वयन नगरेसम्म अपेक्षित परिणाम नआउने चेतावनी दिएका छन्।  

उद्योग वाणिज्य संघका प्रतिनिधि तथा पूर्व जनप्रतिनिधिहरूले पनि निजी क्षेत्रसँगको सहकार्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्।

समग्रमा लहान नगरपालिकाको बजेटलाई विकासमुखी दस्तावेजका रूपमा हेरिए पनि यसको सफलता कार्यान्वयन क्षमता, पारदर्शिता र स्रोत व्यवस्थापनमा निर्भर रहने सरोकारवालाहरूको निष्कर्ष छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.