मंगलवार, श्रावण ५,२०८३ 05:10:13
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:10:13
Bizshala
Global IME Bank Limited

ठूली भेरीको बजेटमा कृषि, पर्यटन र स्मार्ट सिटी योजनालाई प्राथमिकता

ठूली भेरीको बजेटमा कृषि, पर्यटन र स्मार्ट सिटी योजनालाई प्राथमिकता
New Office

काठमाण्डौ । डोल्पाको ठूली भेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड १३ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै विकास र आर्थिक सशक्तीकरणका कार्यक्रमलाई केन्द्रमा राखेको छ।  

जिल्लामै पहिलो स्थानीय तहका रूपमा बजेट ल्याएको नगरपालिकाले रोजगारी वृद्धि, पूर्वाधार विस्तार र नागरिकको जीवनस्तर सुधारलाई लक्ष्य बनाएको जनाएको छ।

कुल बजेटमध्ये ३३ करोड ६८ लाख ३० हजार रुपैयाँ चालु खर्च र १६ करोड ४५ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।  

कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पर्यटन, सूचना प्रविधि तथा सामाजिक सुरक्षाका क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ।

नगरपालिकाले आगामी साउनदेखि सम्पत्ति कर लागू गर्ने घोषणा गरेको छ।  

कर तथा सेवा शुल्कमार्फत आन्तरिक आम्दानी बढाउने लक्ष्यसहित एक करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने अपेक्षा गरिएको छ।

बजेटमा दुनै बजारलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने, पर्यटन गन्तव्यहरूको प्रवर्द्धन गर्ने, अर्गानिक कृषि र स्याउ उत्पादनलाई प्रोत्साहन गर्ने तथा स्वास्थ्य र शिक्षा सेवामा सुधार ल्याउने योजना समावेश गरिएको छ।

साथै पालिकाभर फोरजी इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य पनि राखिएको छ।

यस्तै, अव्यवस्थित सडक निर्माणलाई नियन्त्रण गर्दै वातावरणीय प्रभाव मूल्यांकनलाई अनिवार्य बनाइने, गम्भीर रोगका बिरामीलाई उपचार खर्चमा सहयोग गरिने तथा विकास योजनाको कार्यान्वयनमा पारदर्शिता, अनुशासन र नतिजामुखी कार्यसम्पादनलाई प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.