काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवद्र्धन गर्ने उद्देश्यले मधेश प्रदेशमा विप्रेषण प्रापक र संभावित वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपालको व्यवस्थापनमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कुल १०३ जनाको सहभागीता रहेको थियो भने नेपाल राष्ट्र बैंकबाट वित्तीय साक्षरता तालिम प्राप्त प्रशिक्षक सुमनराज सुवेदीले प्रस्तुतीकरण दिएका थिए ।
बैंकले लक्षित वर्गलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तिकरणमा योगदान पु¥याउन सो कार्यक्रम सञ्चालन गरेको हो । २०८१ साल माघ २१ गते बाराको जीतपुर सिमरा उपमहमानगरपालिका वडा नम्बर १५ डुमरवानामा विप्रेषण प्रापकहरूलाई लक्षित वित्तीय साक्षरता कार्यक्रममा स्थानीय महिला तथा पुरुषहरु गरी कुल ५१ जनाको सहभागिता रहेको थियो भने २०८१ साल माघ २२ गते पर्साको बीरगञ्ज महानगरपालिका वडा नम्बर १ बेल्वा स्थित नौकाटोलामा संभावित वैदेशिक रोजगारीमा जाने युवाहरुलाई लक्षित वित्तीय साक्षरता कार्यक्रममा कुल ५२ जना स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा लक्षित वर्गमा वित्तीय सेवा सम्बन्धी ज्ञान, बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानी, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, विप्रेषण पठाउने माध्यम, बचत र लगानी, गुनासो व्यवस्थापन आदि विषयमा जानकारी दिइएको थियो ।
बैंकले वित्तीय साक्षरतालाई सधैँ प्राथामिकतामा राखी विभिन्न लक्षित समूहहरुलाई वित्तीय साक्षरता कार्यक्रम र बैंक शाखा भ्रमण गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।