काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा २.३६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले यो अवधिसम्म २ अर्ब २९ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४.९० प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी भने ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा २ अर्ब ४६ करोड रुपैयाँ थियो ।
यो अवधिमा कम्पनीको खर्च २५.९१ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब २ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीले यो अवधिसम्म १ अर्ब १८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको महावित्तपी कोषको आकार १५ करोड ३८ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको रिटेन्ड अर्निङको आकार ४६ करोड ८ लाखबाट बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.५७ रुपैयाँ र पीई अनुपात ६७.२८ गुणा कायम भएको छ ।