शुक्रबार, श्रावण २२,२०८३ 09:50:15
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 09:50:15
Bizshala
Global IME Bank Limited

नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको महासंघका अध्यक्ष ढकालको धारणा

नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको महासंघका अध्यक्ष ढकालको धारणा
New Office

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन् । आइतवार काठमाण्डौमा आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट राउन्ड टेबलमा बोल्दै उनले कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै यसबाट फाइदा लिन सोही अनुरुपका रणनीति र कार्यक्रम आवश्यक भएको बताए ।  

अहिले पनि कृषि क्षेत्रले ठूलो जनसंख्यालाई रोजगारी प्रदान गरिरहेको, कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्दै उनले वित्तमा सीमित पहुँच, खण्डित भूमि स्वामित्व र पुरानो प्रविधि जस्ता कुराहरुले नेपालले कृषिबाट आशातित सफलता हासिल गर्न नसकेको धारणा राखे ।  

अध्यक्ष ढकालले वित्तीय समावेशीकरण मात्र पर्याप्त नभएको तर्क गर्दै कृषि मूल्य शृङ्खला सुधार गर्ने, किसानहरूलाई बजारसँग जोड्ने र साना तथा मझौला कृषि व्यवसायहरूको लागि पूँजीमा पहुँच सुनिश्चित गर्ने कुरामा केन्द्रित फराकिलो दृष्टिकोणको आवश्यकता ओल्याए ।  

ग्रामीण उद्यमशीलताको विकासका लागि कृषि र ग्रामीण पूर्वाधारमा लगानी बढाउनु पर्ने बताए । उनले आफुले व्यक्तिगत रुपमा पनि रेमिट्यान्सलाई औपचारिकीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा वित्तीय सेवाहरू विस्तार गर्ने, किसान, महिला उद्यमी र साना व्यवसायहरूलाई सशक्त बनाउने काम गरिरहेको बताए ।  

उनले नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने परियोजना र कम्पनीहरूमा लगानी गर्ने लक्ष्यका साथ महासंघको अगुवाईमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरि कामहरू अगाडि बढाइएको जानकारी दिए ।  

नेपालको कृषि तथा अन्य विकास परियोजनाहरुमा विकास साझेदारहरूको सहयोग प्रति आभार व्यक्त गर्र्दै अध्यक्ष ढकालले समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकार विसकास साझेदार र निजी क्षेत्रको सहकार्यमा जोड दिए ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.