• आईतवार, भाद्र २९,२०८२ 08:31:13
Global IME Bank Limited

भारतमा ३० मिनेटमा ३०० किमी यात्रा गर्नसक्ने हाइपरलूप ट्रेन ट्रयाक तयार

Hyundai Nepal
भारतमा ३० मिनेटमा ३०० किमी यात्रा गर्नसक्ने हाइपरलूप ट्रेन ट्रयाक तयार

काठमाण्डौ । भारतको पहिलो हाइपरलूप टेस्ट ट्रयाक तयार भएको छ । यसको जानकारी भारतका रेलमन्त्री अश्विनी वैष्णवले दिएका हुन् ।  

वैष्णवले हाइपरलूप ट्रयाकलाई रेलवेले आईआईटी मद्रासका साथ मिलेर तयार पारेको बताए । यसको लम्बाई ४१० मीटर लामो भएको जनाइएको छ । यो हाईपरलूप ट्रयाक प्रोजेक्टले रेल यातायातलाई अझै धेरै सुगम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ ।  

रेलवे हाइपरलूप प्रविधिलाई व्यवसायीकरण गर्नका लागि आईआईटी मद्रासलाई तेस्रो चरणअन्तर्गतको १ मिलियन डलर अनुदानका लागि अनुमति दिइने जनाइएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

के हो हाईपुरलूप ट्रयाक ?

हाइपुरलूप रेलवे ट्रयाक यस्तो प्रविधि हो, जहाँ ट्रेनलाई एउटा विशेष प्रकारबाट तयार गरिएको ट्युबमा चलाइने गरिन्छ र त्यो पनि उच्च गतिमा । यसमा चाडैनै ट्रेन ट्रायल सुरु गरिने जनाइएको छ ।  

हाइपरलूप ट्रेनको गति ६००–१२०० किमी प्रतिघण्टासम्म हुन्छ । रिपोर्टका अनुसार भारतीय हाइपरलूप टेस्ट ट्रयाकलाई ६०० किलोमिटर प्रतिघण्टासम्मको गति टेस्ट गर्न सकिन्छ ।  

यस हिसाबले ३०० किमीको यात्रा केवल ३० मिनेटमा पूरा गर्न सकिने जनाइएको छ । भारतमा बुलेट ट्रेन चलाउने तयारी जोडतोडका साथ चलिरहेको छ । गत वर्ष अप्रिलमा रेलमन्त्रीले भारतीय रेलवेले भारतमा सन् २०२६ सम्म पहिलो बुलेट ट्रेन चलाउन सक्ने बताएका छन् । भारतमा बुलेट ट्रेनको गति ३२० किमी प्रतिघण्टासम्म हुन सक्ने रिपोर्टमा उल्लेख छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.