काठमाण्डौ । मुक्तिनाथविकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्तालक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई फाईदा पुग्ने बैंकले जनाएको छ ।
सो उमेर समुहका ग्राहकहरुलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न,बचतको महत्व बुझाउन र विद्युतीय कारोबारमा निहित जोखिमसम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने बैंकको विश्वास छ ।
मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम रु ५० मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकहरुलाई बैंकले अर्धमासिक तथा मासिक रुपमा एकपटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिमसम्बन्धी ज्ञान प्रदान गर्नेछ । यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेलसम्मका लागि निःशुल्क मोबाईल बैंकिङ सुविधा प्राप्त गर्नेछन् ।
साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो सेयर दर्ता लगायत विभिन्न बैंकिङ सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले हालै मोवाईल एक फाइदा अनेकलिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।