बिहीबार, असार ११,२०८३ 12:48:15
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:48:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभूत विद्यालय भवनको पुनर्निर्माण सुरु

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभूत विद्यालय भवनको पुनर्निर्माण सुरु

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुमपश्चिमस्थित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरेको छ । २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवनमध्ये एक भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगद्वारा बन्न लागेको हो ।  

कुल १७५ जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा बालकक्षादेखि कक्षा ८ सम्मको पठनपाठन  सञ्चालन भइरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्षश्री कमला रोका पुन, सोहि गाउँपालिका–वडा नं.१ का वडा अध्यक्ष टेक बहादुर पुन,कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघको अध्यक्ष तुताराम खड्का, जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्टलगायत अन्य शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले सधै बालबालिकालाको उचित र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको जनाएको छ । आजका  

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको समेत जनाएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.