बिहीबार, असार १२,२०८२ 06:29:55
  • बिहीबार, असार १२,२०८२ 06:29:55
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सले कमायो ९८.९३ करोड खुद नाफा, बीमाशुल्क आर्जन १९% ले वृद्धि

Hyundai Nepal
हिमालयन रि इन्स्योरेन्सले कमायो ९८.९३ करोड खुद नाफा, बीमाशुल्क आर्जन १९% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीले यो अवधिसम्म ४ अर्ब १८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १९.७६ प्रतिशतले बढी हो । अघिल्लो आवमा ४ अर्ब २७ करोड रहेको कम्पनीको कुल आम्दानी बढेर ५ अर्ब २० करोड पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो अवधिमा कम्पनीको खर्च २४.७० प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ७१ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । यस्तै कम्पनीले यो अवधिसम्म २ अर्ब २८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीको महावित्तपी कोषको आकार १६ करोड ४९ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा १० करोड ७० लाख थियो ।  

त्यस्तै कम्पनीको रिटेन्ड अर्निङको आकार ५१ करोड ९६ लाखबाट बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.२४ रुपैयाँ र पीई अनुपात ८०.७३ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.