बुधबार, माघ २३,२०८१ 10:33:58
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:33:58
IME remit
Global IME Bank Limited

सयौं शाखासहित १ सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएको बैंकको सेयरमूल्य कौडीको भाउमा

Hyundai Nepal
सयौं शाखासहित १ सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएको बैंकको सेयरमूल्य कौडीको भाउमा
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकाको बैंकिङ संकट पुनः गहिरिने देखिएको छ । एकातिर कृत्रिमा बौद्धिकता९एआई० कम्पनीका सेयरमूल्यमा उछाल आईरहदा अर्कोतर्फ बैंकहरुको सेयरमूल्यमा भने व्यापक गिरावट आईरहेको छ ।  

गत वर्ष सिग्नेचर बैंकलाई खरिद गरेको न्यूयोर्क कम्युनिटी बैंक९एनवाईसीबी०को अवस्था दिनानु दिन खस्कदै गएको छ । सोमबार बैंकको सेयरमूल्य २३ प्रतिशतभन्दा बढीले घटेको छ । यससँगै बैंकको सेयरमूल्य २।७३ डलरमा बन्द भएको छ । यो सेयरमूल्य सन् १९९६ पछि कै न्यून हो ।  

यो बैंकको कुल सम्पत्ति १०० अर्ब डलरभन्दा बढी छ र अमेरिकाभर यो बैंकको सयौँ शाखा कार्यालयहरु छन् । बैंकले चौथो त्रैमासमा २६ करोड डलरको घाटा व्यहोरेको छ । बढ्दो घाटासँगै बैंकले लाभांशमा पनि ७० प्रतिशत कटौती गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

एनवाईसीबीको सेयर मूल्यमा आएको गिरावटको प्रभाव अमेरिकाका अन्य बैंकहरुमा समेत पर्न थालेको छ । वेली नेशनल बैंकको सेयरमूल्य पनि ५।६ प्रतिशतले घटेको छ ।  

यस्तै केडब्लु रिजिनल बैंकिङ इन्डेक्सको सेयरमूल्यमा ०।७० प्रतिशतको गिरावट देखिएको छ ।  

एनवाईसीबी बैंकका सेयरधनीहरुले गत त्रैमासमा २।४ अर्ब डलरबराबरको घाटा व्यहोरेका छन् । सेयरमूल्यमा आईरहेको निरन्तरको गिरावटका कारण बैंकको सेयर कवाडीको मूल्यमा आईपुगेको छ । यस्तोमा बैंकले डुब्ने खतरा बढेको छ । बैंकको ६० प्रतिशत सम्पत्तिको बीमा  एफडीआईसी इन्स्योरेन्समा गरिएको छ ।  

एक वर्ष पहिले अमेरिकाका दुई बैंक डूबेका थिए  भने एउटा बैंक डूब्ने संघारमा पुगेको थियो । यो अमेरिकाको बैंकिङ इतिहासको सन् २००८ पछि कै सबैभन्दा भयावह अवस्था थियो । सन् २००८ मा अमेरिकाका २५ वटा बैंक डूबेका थिए । ती बैंकहरुको संयुक्त सम्पत्ति ३७४ अर्ब डलर थियो ।  

गत वर्ष सिलिकन भ्याली र सिग्नेचर बैंक डुबेका थिए । जसको संयुक्त सम्पत्ति ३१९ अर्ब डलरबराबरको थियो । यसका साथै गत वर्ष फस्ट रिपब्लीकन बैंक पनि डूब्ने संघारमा पुगेको थियो । सन् २०२२ मा अमेरिकी बैंकहरुलाई ६२० अर्ब डलरबराबरको घाटा भएको थियो । -एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.