काठमाण्डौ । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रालिबीच बैंकका ग्राहकहरुलाई Whirlpool Products र Kitchen Aid Products मा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले उत्तरढोका, काठमाण्डौस्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघिमात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।